
राजविराज, २३ वैशाख । सशस्त्र प्रहरीले हनुमाननगर कंकालिनी नगरपालिका–५ बाट शनिवार साँझ ठूलो परिमाणमा गाँजा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल दन्तकाली गणका प्रहरी उपरीक्षक भरतबाबु केसी नेतृत्वको टोलीले भारदह र कोशी व्यारेजको बीचमा पर्ने केरा बगानमा लुकाएर राखेको एक सय दश केजी गाँजा बरामद गरेको हो । गोप्य सूचनाको आधारमा गरिएको सर्च अभियानका क्रममा गाँजा बरामद गर्न सफल भएको जनाईएको छ । प्रहरीलाई देखेर तस्करहरु कोशीमा हाम फालेर भागेको प्रहरी उपरीक्षक केसीले जानकारी दिएका छन् ।



