सप्तरी अपडेटः प्रदेश पार्षदमा फोरम, युनियन र सेन्टरको प्यानल विजयी

सप्तरी अपडेटः प्रदेश पार्षदमा फोरम, युनियन र सेन्टरको प्यानल विजयी
Bwtech New Add With Software & Bull SMS

राजविराज, २२ वैशाख । नेपाल पत्रकार महासंघ शाखा सप्तरीको जारी पछिल्लो मतगणना परिणाम अनुसार प्रदेश पार्षदको मतगणना सम्पन्न भएको छ ।
कुल १३ प्रदेश सभासद्कालागि भएको अन्तिम मतगणना परिणाम अनुसार राजेश कुमार झा ५९, मिथिलेश यादव ५५, सुमन मिश्र ५४, नवीन गुप्ता ५४, महेन्द्र प्रसाद मण्डल ५३, महेश्वर भारती ५४, पवन कुमार मिश्र ५४, वैद्यनाथ यादव ५७, शिवनारायण साह ५१, मनोज कुमार माझी ६०, देवेन्द्र मिश्र ५३, रश्मी झा ५१ र भोला रमण उप्रेती ४९ मत प्राप्त गरी विजयी भएका छन् । संघीय प्रेस फोरम, नेपाल प्रेस युनियन र प्रेस सेन्टर बिचको सहकार्यमा संयुक्त उम्मेदवारी दिएको उक्त समूहको प्यानलसहित सम्पूर्ण पार्षद विजयी भएका छन् ।
यसैगरी प्रेस चौतारी र प्रेस युनियनकै अर्को समूह र स्वतन्त्र समेतको सहकार्य भएको प्यानलबाट प्रदेश पार्षदमा उम्मेदवारी दिएका सन्तोष कुमार साह २८, खगेन्द्र कार्की २८, अनिल पोखरेल २९, उत्तम प्रसाद आचार्य २९, अर्जुन प्रसाद साह ३३ र कृष्ण कुमार तिमिल्सिनाले ३१ मत प्राप्त गरेको मतगणना स्थलबाट हाम्रा सम्वाददाता अशोक शर्माले जानकारी दिएका छन् ।  । प्रदेश पार्षदको मतगणना सम्पन्न भएपछि केन्द्रीय पार्षदको मतगणना कार्य प्रारम्भ भएको छ ।
महासंघमा कायम भएको कुल ९८ सदस्य रहेकोमा ८७ जना पत्रकारले मतदान गरेका हुन् । कार्यसमितिको अध्यक्ष पदमा जितेन्द्र खड्गा र श्रवण कुमार देव चुनावी प्रतिष्पर्धामा उत्रेका छन् । समितिको उपाध्यक्षमा श्यामसुन्दर यादव र हेमशंकर सिंह, सचिवमा जितेन्द्र कुमार झा, राजु विश्वकर्मा र दिनेश शर्माले उम्मेदवारी दिएका छन् ।
नयाँ कार्यसमितिको सह–सचिव(खुला)मा चन्दन कुमार यादव र नर्मदेव यादव मैदानमा उत्रेका छन् भने समावेशी सह–सचिवमा डम्बर राई र ललिता साह चुनावी प्रतिष्पर्धामा उत्रेका छन् । कोषाध्यक्षमा शुभचन्द्र झा र संजीव विक्रम साह बिच प्रतिष्पर्धा हुने जनाईएको छ । कार्यसमितिको मधेशी सदस्यतर्फ बिन्दु कुमार यादव र रामअधिन साह तथा चार खुल्ला सदस्यतर्फ भुषण कुमार सिंह, कुष्णदेव यादव, गङ्गा प्रसाद साह, बृजमान तामाङ्ग, विनय कुमार लाल कर्ण, शिव प्रसाद आचार्य, निरज कुमार मण्डल र विरेन्द्र कुमार साहले प्रतिष्पर्धामा उत्रेका छन् ।
यसैगरी आठ केन्द्रीय सभासद् रहेकोमा १४ जनाले उम्मेदवारी दिएर मैदानमा उत्रेका छन् । केन्द्रीय सभासद्मा मुरली प्रसाद यादव, अवधेश कुमार झा, भोला कुमार पासवान, देवराम यादव, गणेशलाल देव, शैलेन्द्र मोहन झा, अनिल कुमार अनल, व्यासशंकर उपाध्याय, धिरेन्द्र प्रसाद साह, ओमप्रकाश साह, मनोहर कुमार पोखरेल, नरेश कुमार चौधरी, सतिश कुमार दत्त र सुरेश प्रसाद आचार्यको उम्मेदवारी परेको छ ।
यसैगरी नेपाल पत्रकार महासंघ शाखा सप्तरीको महिला उपाध्यक्षमा सुधा देव, महिला सदस्यमा रक्षा चौधरी र सदस्य (जनजाती)मा भूपेन्द्र कुमार मण्डल निर्विरोध निर्वाचित भएका छन् । यसैगरी केन्द्रीय सभासद्मा माला कर्ण र ढमला भट्टराई निर्विरोध निर्वाचित भएकी छिन् ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *