मधेशमा बसोवास गर्ने मुस्लिम नै वास्तविक मधेशी

मधेशमा बसोवास गर्ने मुस्लिम नै वास्तविक मधेशी
Bwtech New Add With Software & Bull SMS
अब्दुल खान

अब्दुल खान
आज मानिसहरु जुन देशमा बसोवास गर्छन् त्यही मुलुकका वासिन्दाको नामले परिचित हुन्छन् । उदाहरणकोलागि नेपालमा बस्ने नेपाली, जापानमा बस्ने जापानी हुन्छन् । मधेशमा मानवको हत्या हुन्छ, चेलीबेटी बेचविखन हुन्छ, आगलागी, बाढी र डुवान हुन्छ ,त्यो समाचार राष्ट्रिय मिडियाको हेडलाईन बन्दैन तर जहाँ समाजलाई तोडिने कार्य हुन्छ, आपसमा सामाजिक मेलमिलापमा चिरा पार्ने खालका केही ब्यक्तिहरु चुस्सा छुने खालका कुरा गर्दा त्यो हेडलाईन न्युज बन्छ तर सैंकडो सर्वसाधारणमाथि देशद्रोहको मुद्दा लाग्दा त्यो समाचार बन्दैन । म मान्दछु मुस्लिमहरु नेपाली हुन्छन्, मुस्लिमहरु अमेरिकन हुन्छन तर म दावाको साथ भन्छु मुस्लिमहरु मधेशी अवश्य हुन्छन् ।
मधेशको भू–भागमा बसोवास गर्ने सम्पूर्ण मुस्लिम सामुदाय मधेशी हो, यो कुरा साँचो हो कि मधेश वर्तमान अवस्थामा नेपाली सम्राज्य अन्तर्गत रहेको छ, जसरी कुनै समयमा हिन्दुस्तानमाथि बेलायती साम्राज्य कायम थियो, उक्त समयमा हिन्दुस्तानका मुसलमानहरु आफुलाई बेलायती भन्दैनथे, त्यस्तै अवस्था अहिले मधेशी मुस्लिमहरुको छ । मधेशको इतिहासलाई नियाल्दा मधेशमाथी मुस्लिम राजा र नवावहरु शासन गरेको देखिन्छ, मुस्लिम बादशाह गयासुद्दीनले सन १३२४ मा मधेशका राजालाई युद्धमा पराजित गरि मुस्लिम शासन कायम गरि केही हाथी र नजराना असुल गर्ने चलन समेत चलाएका हुन् । पछि सन् १५७७ मा बादशाह अकबरले जनकपुर क्षेत्रबाट कर उठाउने जिम्मा दिएर पण्डित महेश्वर ठाकुरलाई न्युक्त गरेका थिए ।
वर्षौंदेखि मुस्लिमहरु मधेशीका साथमा रही पटक–पटक नेपालीसँग नलडेका त होइनन्, मधेशी मुस्लिम एकजुट भएर नेपालसँगको लडाई लडेका छन्, युद्धको नजिर कायमै छ । मधेशमा बस्ने मुसलमानहरुको भाषा र मनोविचार समानरुपी यानी एक जस्तै छ । धार्मिक संस्कारमा भिन्नता आवश्क छ जुन आफ्नै जातीमा पनि पाइन्छ । आपसी सुख–दुखमा एक–आपसमा मिलीजुली समस्या समाधान गर्छन् ।
नेपालमा अन्य मधेशीहरुको जस्तै मुस्लिमहरुको समस्या छ, नागरिकता, रोजगारी, सेना पुलिस या अन्य समस्या उस्ता–उस्तै छ । विभेद त झन मुस्लिममाथि अन्य मधेशी भन्दा बढी छ । ईराकमा १२ नेपाली मारिँदा काठमाडौंलगायत अन्य ठाउँहरुमा मुस्लिम मस्जिद तोडफोड, आगजनी, घर–पसलमा पसीपसी नपिटेका त होइनन्, कुर्आन सडकमा नफालेका त होईनन्, अहिले नै आन्दोलनमा पानी मागिरहेको मुस्लिममाथि के नेपालीहरु दया गरेका हुन् ? के हामी मुस्लिमहरुलाई काले, धोती, मुसल्टे, इन्डियन भनिदैन, अनि हामी कसरी मधेशी होईनांै भन्न मिल्छ ? म भन्छु हाम्रा पुर्खाहरुले शासन गर्ने गरेका जमिन मधेश हो हामी वास्तविक मधेशी हांै ।
देशमा सदियौंदेखि विद्यमान खस–बाहुन–क्षेत्रीको दमनकारी संस्कारकै कारण मुस्लिम समुदाय
पनि राजनैतिक, भाषिक, सांस्कृतिक शोषण र विभेदको शिकार भएका छन । सन् २००१ को एक तथ्याङ्क अनुसार ईस्लाम धर्मावलम्बिहरुको संख्या देशभरमा ४.३ प्रतिशत भन्दा बढी र मधेसमा ८.७ प्रतिशत भन्दा अधिक छन् । मधेसका प्रायः सबै जिल्लाहरुमा मुस्लिमहरुका बसोबास छन् ।
गोरखा, कास्की आदि जिल्लामा रहेका मुस्लिमहरुलाई पहाड़ी मुस्लमान भन्ने गरिन्छ । सन् १९९६ को मानव विकास सूचकाङ्क को प्रतिवेदनका अनुसार मुस्लिमहरुका सूचकाङ्क मात्र ०.२३९ छन् । जून मस्लिमहरु पिछड़ा भएको प्रमाण हो। नेपाल सरकारका द्वारा दिईने गरिएको अवसर र सुविधाहरु अधिकांशतस् पहाडि मुसलमानहरुलाई नै प्राप्त हुन्छ । थारूको जस्तै मुसलमानलाई पनि मधेसमा आफ्नो भूमिकालाई सशक्त र महत्वपूर्ण बनाउनकालागि तथा मधेसका सबै अङ्गहरुमा आफ्ना प्रतिनिधित्व सुनिश्चित गर्नकालागी धार्मिक तथा सामुदायिक एकताप्रति कटिवद्ध हुनु आवश्यक छ । शान्तिपूर्ण मार्गद्वारा मधेस स्वराजको आन्दोलनकै सफलताबाट नै मधेसका मुसलमानहरुको पनि अभिष्ट पूरा हुन सक्दछ ।
मधेश कुनै जाती विशेषको विर्ता होईन । यहाँ सदियौंदेखि बसोवास गर्दैआएका सम्पूर्ण जाती, वर्ग, समुदाय र सम्प्रदायको साझा भूगोल हो । हामी सम्पूर्णको साझा सम्पत्ती, संस्कृति एवम् भौगोलिक राष्ट्र हो जब मधेश समृद्ध हुन्छ तव यहाँ बस्ने हरेकले आफ्नो समान हक अधिकार प्राप्त गरी शान्तिपूर्वक जीवनयापन गर्ने सु–अवसर प्राप्त गर्छन् । तसर्थ वर्तमान अवस्थामा हरेक मधेसी जनताले एकजुट भएर संघर्ष गर्नुपर्ने आवश्यकता देखिन्छ ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *