• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अभिलेख

प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग

प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग

काठमाण्डौ, १७ वैशाख । प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध व्यवस्थापिका संसदमा आइतवार महाअभियोग प्रस्ताव दर्ता गरिएको छ ।
सरकारमा साझेदार माओवादी र कांग्रेसका सांसदहरुद्वारा महाअभियोग दर्ता गराईएको हो । मीनबहादुर विश्वकर्मा प्रस्तावक र माओवादी प्रमुख सचेतक टेकबहादुर बस्नेत समर्थक रहेको उक्त महाअभियोग प्रस्तावमा २५९ जना सांसदले हस्ताक्षर गरेका छन् ।
प्रधानन्यायाधीश सुशीला कार्कीमाथि कार्यकारी अधिकारमाथि हस्तक्षेप गरेको, आइजिपी प्रकरणमा पहिलोलाई दोस्रो र दोस्रो हुनेलाई पहिलो बनाई कामसु तोडमोड गरेर फैसला गरेको, न्यायालयको स्वतन्त्रतामा हस्तक्षेप गर्दै सिमित न्यायाधीसलाई इजलासमा राखेको, कार्यविधि र कानूनको पालना नगरेको आरोप लगाईएको छ ।
न्यायालयको गरिमा र स्वच्छतामा आघात पुर्याएको, शक्ति पृथकिकरणको सिद्धान्तमा आँच पुर्याएको, सर्वोच्च अदालतभित्र गुटबन्दी गरेको, न्याय सम्पादन स्वतन्त्रतापूर्वक नगरेको र खराब आचरण गरेको कार्कीमाथि अभियोग लगाईएको छ