• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अभिलेख

जानकी मन्दिरमा पूजा पश्चात डेरा पुगे डा. राउत

जानकी मन्दिरमा पूजा पश्चात डेरा पुगे डा. राउत

जनकपुर, १५ वैशाख । रौतहट जिल्ला अदालतको आदेश पश्चात अन्ततः स्वतन्त्र मधेश गठबन्धनका केन्द्रीय संयोजक डा.सीके राउत रिहा भएका छन् ।

जिल्ला अदालत रौतहटले उनलाई साधारण तारेखमा छाड्न आदेश दिए पनि अदालत परिसरमै रहेका प्रहरीले उनलाई तत्कालै पक्राउ गरे पनि अन्ततः छाडिएको हो । राज्य विप्लव र सङ्गठित अपराध सम्वन्धि मुद्दामा उनलाई पुनः पक्राउ गरेको थियो । जिल्ला न्यायाधीस लक्ष्मीराम ढुंगानाको इजलासले साधारण तारेखमा रिहा गर्ने आदेश दिएको थियो ।
राज्य विप्लव र सङ्गठित अपराध सम्वन्धि मुद्दामा आवश्यक कारबाहीका लागि बाँके लगिने भनिए पनि रिहा गरिएको छ । डा. राउत रिहा भए पछि हज्जारौं शुभचिन्तक एवम् समर्थकहरु भव्य स्वागत गरेका छन् । रिहा भए लगत्तै केही बेर स्थानीय सञ्चारकर्मीहरुसँग समेत संक्षिप्त कुराकानी गरेका थिए । उनी स्थानीय मन्दिरमा दर्शन पश्चात शुक्रवार धनुषाको जनकपुर स्थित जानकी मन्दिर पुगेर पूजाआजा गरेका छन् । डा. राउत शुभचिन्तक एवम् समर्थकहरुसँग भेंटघाट गर्दै जनकपुर स्थित डेरा पुगेको जनाईएको छ ।
सिरहा जिल्ला अदालतबाट रिहा भए पनि पुनः पक्राउ गरी रुपन्देही लगिएको थियो । रुपन्देहीबाट समेत रिहा भए पनि तत्कालै पक्राउ गरी रौतहट प्रहरी हिरासतमा राखिएको थियो ।