एन्टाको सम्मेलन मई २६ देखि न्यूजर्सीमा हुने

एन्टाको सम्मेलन मई २६ देखि न्यूजर्सीमा हुने
Nava Jyoti Saving & Credit Co-Operative Ltd.

अमेरिका (न्यूयोर्क), १५ वैशाख । अमेरिकास्थित मधेशीहरुको सङ्गठन ‘एसोसिएशन अफ नेपाली तराईअन इन अमेरिका’ (एन्टा)को सम्मेलन मई, २६,२७ र २८ मा अमेरिकाको न्यूजर्सीमा हुने भएको छ ।
एन्टा अन्तरिम बोर्डका सचिव अरविन्द सिंह का अनुसार सम्मेलन आयोजक कमिटि बनाएर सबैलाई जिम्मेवारी बाँडफाँड गरिएको छ । ‘मधेसका लागि शान्ति र समृद्धि’ भन्ने मूल नाराका साथ सम्पन्न हुने सो सम्मेलनको तयारी तीब्र रुपमा भइरहेको उनले जानकारी दिए ।
अमेरिकाको हरेक राज्यमा वसोवास गर्ने मधेसी समुदायको प्रतिनीधिमूलक सहभागिता हुने उक्त सम्मेलनमा अमेरिकामा रहेका मधेशीहरुको बिच एक आपसमा के–कस्ता सहयोगात्मक कार्य गर्नुको साथै आफ्नो भाषा, संस्कृति, रितीरिवाजको संरक्षण र सम्वद्र्धन गर्नकालागि के–कस्ता सहयोग गर्न सक्नुका साथै आफ्नो मातृभूमी नेपालमा विगत भन्दा पनि अझ प्रभावकारी र विकासमुलक कस्ता कार्यक्रमहरु गर्न सकिन्छ भन्ने विषयमा विभिन्न विद्वानहरुले आफ्नो कार्यपत्र प्रस्तुत गर्नुका साथै आफ्नो मन्तव्य व्यक्त गर्नेछन् ।
सम्मेलनमा विभिन्न क्षेत्रमा ख्यातिप्राप्त एवम् आफ्नो समुदायका हरेक किसिमका विकासकालागी सहयोग पुर्याएका व्यक्तिहरुलाई पुरस्कृत गर्नुका साथै आउँदो दुई बर्षकालागि नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ । सम्मेलनमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गर्नुका साथै मधेसी समुदायको सहनसहन र भेषभूषा झल्किने झाँकीहरुको समेत प्रदर्शन गरिने छ ।
त्रि–दिवसीय सो सम्मलेनमा संयुक्त राज्य अमेरिकाकालागि नेपाली राजदूत, राजदूतावासका उच्च पदस्थ अधिकारीहरु, अमेरिकास्थित नेपाली समुदायद्वारा गठित विभिन्न संघ–सङ्गठनका पदाधिकारीहरु, समाजसेवीहरुका साथै नेपालबाट समेत केही व्यक्तिहरुको सहभागिता रहने एन्टाले जनाएको छ ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *