• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

अवैध यौनधन्दामा संलग्न भारतीय नागरिकसहित पाँच जना पक्राउ

अवैध यौनधन्दामा संलग्न भारतीय नागरिकसहित पाँच जना पक्राउ

राजविराज, १४ वैशाख । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्वर–३ स्थित एक होटेलबाट विहीवार विहान अवैध यौनधन्दामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
राजु होटल एण्ड रेष्टुरेण्टमा अवैध रुपमा यौन धन्दाका गतिविधिहरु भइरहेको भनी गोप्य सूचनाको आधारमा सप्तरी प्रहरीले चेकजाच गर्ने क्रममा तीन भारतीय नागरिक, होटेल सञ्चालक र एक महिलालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय राजविराजबाट खटिएको टोलीले राती करिब १.३० बजेको समयमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको जनाईएको छ ।
पक्राउ पर्नेमा होटल तथा रेष्टुरेण्ट सञ्चालकसहित भारतको निर्मली घर भएका तीन जना र मोरङ्गको बिराटनगर उप–महानगरपालिका घर भएका अन्दाजी १८ वर्षिया युवतीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान पश्चात जिल्ला प्रशासन कार्यालय सप्तरीमा उपस्थित गराई केही सार्वजनिक अपराध मुद्दामा म्याद थप गरि अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।