• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सह–प्राध्यापक यादवलाई विद्यावारिधी

राजविराज, ९ वैशाख । त्रिभुवन विश्व विद्यालयका सह–प्राध्यापक शिवनारायण यादवले भौतिक शास्त्र (फिजिक्स) विषयमा विद्यावारिधी गरेका छन् ।
सप्तरीको मलेकपुर–५ खुरहुरिया घर भएका उनी त्रिभुवन विश्व विद्यालयबाट पिएचडी गरेका हुन् । राजविराज स्थित महेन्द्र विन्देश्वरी बहुमुखि क्याम्पसबाट उनले प्राध्यापन पेशा प्रारम्भ गरेका थिए । त्रिभुवन विश्व विद्यालयको रनिङ्ग बोर्डमा समेत रहीसकेका उनी इमान्दार एवम् फिजिक्स विषयका चर्चित प्राध्यापकको रुपमा परिचित छन् ।