Top_Header_Right_Add
Crona Awareness

लाली गुराँस महिला सहकारीको छैठौं साधारण सभा सम्पन्न

लाली गुराँस महिला सहकारीको छैठौं साधारण सभा सम्पन्न

बोधराज सुवेदी/महुली, २५ चैत्र । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्वर– ११ मोहनपुर स्थित लाली गुराँस महिला वचत तथा ऋण सहकारी संस्थाले शुक्रवार एक समारोहका बीच छैठौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

साधारण सभाको महिला तथा वालवालिका कार्यलय सप्तरीकी प्रमुख चन्द्रकला श्रेष्ठले पानसमा वत्ति वालेर उद्घाटन गरेकी हुन् । उक्त कार्यक्रममा प्रमुख अतिथि समेत रहेकी श्रेष्ठले महिलाहरुले आफ्नो ब्यक्तिगत तथा आर्थिक विकासकोलागि समय निकाल्नुपर्नेमा जोड दिइन् ।
उनले भनिन् ‘जबसम्म महिलाहरुले आफ्नो लागी आय आर्जन गर्ने सीप विकास गर्न सक्दैनन् तबसम्म उनीहरुले अर्काको मुख ताक्नु पर्ने अवस्था रहन्छ ।’ समाजमा ब्याप्त महिलाप्रतिको विभेदले गर्दा उनीहरुले कसैको श्रीमती, बुहारी र आमा भनेर चिनिने अवस्था रहेको यथार्थता औंल्याउँदै श्रेष्ठले अव महिलाहरुले आफ््नै नामबाट चिनिने गरी छुट्टै पहिचान वनाउन आग्रह गरिन् ।
कार्यक्रममा उनले महिलाहरुलाई पनि पुरुष सरह प्रतिस्पर्धामा अगाडि ल्याउनकोलागि महिला तथा वालवालिका कार्यालयले लैङ्गिक हिंसा न्युनिकरण एवं स्वरोजगार तथा आत्मनिर्भरताकोलागि व्यवसायिक रुपमा आयआर्जन तालिम लगायतका विविध कार्यक्रमहरु सञ्चालन गरिरहेको जानकारी दिइन् ।
संस्थाकी अध्यक्ष कल्पना कोइरालाको अध्यक्षतामा सम्पन्न साधारण सभामा संस्थाकी व्यवस्थापक कमला सुवेदीले प्रस्तुत गरेको आर्थिक तथा भावी कार्यक्रमको प्रतिवेदन पारित गरेको छ । सञ्चालक समितिकी सदस्य सीता निरौलाले सञ्चालन गरेको उक्त कार्यक्रममा वडा नागरिक मञ्चका संयोजक माधव आचार्य, सामाजिक परिचालिका रञ्जना चौधरी, इलाका प्रहरी कार्यालय महुलीका प्रतिनिधी उदय घिमिरे लगायतले संस्थाको सफलताकोलागि शुभकामना व्यक्त गरे ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।