• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

चोरी अन्त भए सप्तरीलाई लोडसेडिङ्ग मुक्त गर्नेछुः प्रमुख साह

चोरी अन्त भए सप्तरीलाई लोडसेडिङ्ग मुक्त गर्नेछुः प्रमुख साह

राजविराज, २५ चैत्र । सचेतना एवम् सुरक्षा सम्वन्धि कार्यक्रम अन्र्तगत शुक्रवार नेपाल बिद्युत प्राधिकरण बितरण केन्द्र राजविराजले विद्युत सुरक्षा दिवस मनाइएको छ ।

विद्युत सुरक्षा दिवस २०७३ को अवसरमा शुक्रवार विद्युत प्राधिकरण कार्यालय राजविराजमा आयोजित सुरक्षा सम्बन्धि छलफल एवम अन्तरक्रिया कार्यक्रममा बोल्दै केन्द्रका प्रमुख रामउद्गार साहले जिल्लामा दैनिक भइरहेको बिद्युत चुहावट नियन्त्रणकोलागि जनता जागरुक भए विद्युत चोरी नियन्त्रण हुने बताए । जिल्लामा भइरहेको विद्युत चोरी अन्त भएमा सप्तरीमा पनि लोडसेडिङ्ग मुक्त हुने विश्वास व्यक्त गरे ।
जिल्लामा भइरहेको करिव ५३ प्रतिशत विद्युत चुहावट नियन्त्रणकोलागि अब गाउँ–गाउँमा पनि जनता जागरुक एवम् सजग हुनुपर्ने भन्दै विद्युत चोरी नियन्त्रणमा सहयोग गर्न सबैलाई आग्रह गरे । विगतको बर्षमा जिल्लामा भइरहेको व्यापक विद्युत चोरीले पनि जिल्लावासी अहिले पनि विद्युत लोडसेडिङ्गको मार खेपिरहेको भन्दै बिद्युत चोरी नियन्त्रणमा विद्युत प्राधिकरणलाई सबैपक्षको साथ चाहिएको उनले बताए । जिल्लामा बिद्युत चुहावट एवम चोरी अन्त भएमा जिल्लालाई लोडसेडिङ्ग मुक्त गर्ने आफू प्रतिवद्ध रहेको प्रमुख साहले समेत प्रतिवद्धता जनाए ।
अन्तरक्रिया कार्यक्रममा नेपाल बिद्युत प्राधिकरण बितरण केन्द्र राजविराजले आर्थिक बर्ष २०७३÷०७४को नौ महिनमा जारी राखेको बिद्युत चुहावट नियन्त्रण अभियान अन्र्तगत पोलमा डयरेक्ट बिद्युत हुकिग गर्ने ३ सय ८९ जनामाथि कार्वाही गरेको जनाईएको छ । जसमध्ये ३३६ जना व्यक्ति र बाँकी समानलाई कार्वाही गरिएको प्रमुख साहले बताए ।
प्राधिकरणले बिद्युत बिटरबाट डरेक्ट चुहावट गर्ने ९० जनालाई समेत कार्वाही गरेको बताइएको छ । त्यस्तै प्राधिकरणका इन्जिनियर उपेन्द्र यादवका अनुसार आर्थिक बर्ष २०७३÷०७४को नौ महिनामा विद्युत बाँकी बक्यौता नबुझाउने ५ सय २९ जनाको लाइन काटिएको छ भने रु ३ करोड ६९ लाख ७२ हजार ३ सय ६५ रुपैया राजस्व उठाउन बाँकी रहेको छ ।
यसैगरी २ सय १७ जनाको साथबाट रु १ करोड ४ लाख ३१ हजार ४ सय रुपैया रकम असुली गरिएको प्राधिकरणले जनाएको छ । कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रोहित भट्टराई, इन्जिनियर प्रभाग कुमार पंकज, अभिनव झा, सुपरभाइजर शैलेन्द्र यादवसहितकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
कार्यक्रम सञ्चालन इन्जिनियर उपेन्द्र यादवले गरे । विद्युत प्राधिकरणले यस अघि विद्युत सुरक्षा दिवसको अवसरमा शुक्रवार राजविराजमा प्रभातफेरीको आयोजना गरिएको थियो ।