Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

खुरहुरियामा नौ कुण्डीय विष्णु महायज्ञ

खुरहुरियामा नौ कुण्डीय विष्णु महायज्ञ

राजविराज, २४ चैत । सप्तरीको मलेकपुर गाउँ विकास समितिको वडा नम्वर–५ खुरहुरिया स्थित रामजानकी मन्दिर प्राङ्गणमा शुक्रवारदेखि नौ कुण्डीय विष्णु महायज्ञ सञ्चालन हुन लागेको छ ।

महायज्ञको पूर्व सन्ध्यामा विहीवार भव्य कलशयात्रा निकालिएको हो । रामजानकी मन्दिर प्राङ्गणबाट निकालिएको कलश यात्रा खुरहुरिया, थल्ही, मलेठ, राजविराज, खैरसाल, जमुनीलगायतको विभिन्न गाउँ परिक्रमा गरेको छ । कलशयात्रामा हज्जारौंको संख्यामा महिलाहरुको सहभागीता रहेको थियो ।
मन्दिर परिसर तथा गढीमा नौ कुण्डीय विष्णु महायज्ञ आयोजना हुन लागेको महन्थ मोती दास बैरागीले जानकारी दिएका छन् । उनका अनुसार जेठ २७ गतेदेखि १० महिनाको अखण्ड सीताराम नाम जप समेत सञ्चालनमा रहेको रहेको छ ।
शुक्ल कामदा एकादशी शुक्र दिन सिद्वियोग विहान ८ बजेदेखि महायज्ञ सञ्चालन हुन लागेको उनले बताए । श्री रामचरित्र मानस पाठ एवं प्रवचन (नमाह) समेत आयोजना भईरहेको तथा विसर्जन एवं प्रसाद ग्रहण कार्यक्रम २०७४ बैशाख २ गते हुने महन्थ मोती दास बैरागीले जानकारी दिएका छन् । उनका अनुसार विशाल भण्डारा सन्त सम्मेलन (१११ मण्डल) वैशाख ५ र ६ गते हुनेछ । महायज्ञको मुख्य आकर्षणको रुपमा ५२ अवतार मूर्ती, रामलीला एवम् नेपाल तथा भारतका विशिष्ठ विद्वानहरुद्वारा प्रवचन समेतको आयोजना गरिएको छ ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *