पहिले माग सम्वोधन अनि मात्र चुनावः अध्यक्ष गोले

पहिले माग सम्वोधन अनि मात्र चुनावः अध्यक्ष गोले
Bwtech New Add With Software & Bull SMS

बृजमान तामाङ/बिरेन्द्र बजार, २४ चैत । नेपाल तामाङ घेदुङका केन्द्रीय अध्यक्ष मोहन गोलेले आदिवासी जनजाती महासंघले उठाएको पाँच बुँदे माग पुरा गरेर मात्र चुनाव गर्नुपर्ने बताएका छन ।
सिरहाको गोल बजारमा बिहिबार आयोजित तामाङ समाजको साँस्कृतिक पुर्नजागरण तथा समसामायिक राजनैतिक बिषयबारे भएको एक दिने प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् । आदिवासी जनजातीको अस्तित्व र पहिचान नामेट गरेर ल्याएको स्थानिय तहको संरचनाले उत्पिडित समुदायको भावनामाथि ठेस पु¥याएको प्रष्ट पार्दै उनले आदिबासी जनजातीको प्रमुख माग सम्वोधन गरेर मात्र चुनाव गर्नुपर्ने धारणा ब्यक्त गरे । आफुहरु चुनाव बिरोधी नभएको बताउदै अध्यक्ष गोललेले आदिबासी जनजाती महासंघ संग बिगतमा भएको २२ र ९ बुंदे सहमती बमोजिम संबिधान संसोधन गरेर मात्र चुनाब गर्न माँग गरे ।
स्थानीय तहको संरचना असंबैधानिक, अव्यबाहारिक, अपुर्ण र त्रुटीपुर्ण रहेको जिकिर गर्दै गोलले भने, चुनाव भन्दा पहिले स्थानिय तहको संरचनालाई पुर्णता दिनुपर्छ, संविधानको मर्म र भावना अनुसार विशेष, संरक्षित र स्वायत्त क्षेत्र सहितको स्थानिय तहको पुर्नसंरचना गर्नुपर्छ, अनि मात्र स्थानिय तहको चुनाव गर्नुपर्छ ।’ २ नम्बर प्रदेश अन्र्तगतका विभिन्न जिल्लाहरुका तामाङ अगुवा सहभागी प्रशिक्षण कार्यक्रममा नेपाल तामाङ घेदुङका पुर्व महासचिव कुमार ब्लोन, प्रदेश नम्बर–४ का अध्यक्ष दिपक वाइबा, केन्द्रीय सदस्य बिष्णु योञ्जन तामाङ, नेपाल मगर संघका केन्द्रीय सदस्य लेखराम जर्गा मगर, नेपाल तामाङ घेदुङ सर्लाहीका अध्यक्ष हिराकाजी योञ्जन तामाङ लगायतकाले बोल्दै अधिकारकालागी आन्दोलन गनुपर्नेमा जोड दिए ।
नेपाल तामाङ घेदुङ सिरहाका अध्यक्ष धन प्रसाद तामाङको अध्यक्षतामा आयोजित प्रशिक्षण कार्यक्रममा स्वागत प्रदेश नम्बर २ का अध्यक्ष डेनोक मोक्तानले गरे भने सञ्चालन अर्जुन योञ्जनले गरे । आदिवासी जनजाती उत्थान प्रतिष्ठान ललितपुरको सहयोग तथा नेपाल तामाङ घेदुङ केन्द्रीय समितीद्वारा आयोजित कार्यक्रममा अध्यक्ष गोलले समसामायिक राजनैतिक बिषयमा र नेपाल तामाङ लामा घेदुङका केन्द्रिय उपाध्यक्ष धर्म लामाले दिएको नेपाल तामाङ घेदुङ सप्तरीका अध्यक्ष सन्तमान गोलेले जानकारी दिएका छन् ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *