सप्तरीमै पहिलो पटक पन्ध्र दिने अभिनय कला प्रशिक्षण सञ्चालन

सप्तरीमै पहिलो पटक पन्ध्र दिने अभिनय कला प्रशिक्षण सञ्चालन
Bwtech New Add With Software & Bull SMS

राजविराज, २३ चैत्र । जिल्लामै पहिलो पटक १५ दिने कलाकारीता प्रशिक्षण (अभिनय) तालिम वुधवारदेखि राजविराजमा सञ्चालन भएको छ ।
तालिम उदघाटन गर्दै प्रमुख अतिथी सप्तरी क्षेत्र नम्वर–३ का सांसद एवम् निवर्तमान सिंचाई मन्त्री उमेशकुमार यादवले सप्तरी एक समय प्रतिभावना कलाकारको वाहुल्य रहेको जिल्लाका रुपमा चिनिए पनि हाल यसमा कमी आएको बताए । सप्तरीका कलाकारहरु विगत विभिन्न स्थानमा पुगी क्षमता प्रस्तुत गरेर प्रसिद्धि पाएको चर्चा गर्दै वर्तमान अवस्थामा झन सबल भएर प्रस्तुत हुनुपर्नेमा उनले जोड दिए । उनले तालिमको सदुपयोग गरी जिल्लामा कलाको विकासमा टेवा पुर्याउन सहभागिहरुलाई आग्रह गर्दै कलाकार समाज र राष्ट्रकालागि काम गर्दैआए पनि राज्यबाट उपेक्षित रहँदैआएको सांसद यादवले बताए । सांसद यादवको संसदीय विकास कोषको सहयोगमा सञ्चालित तालिम उदघाटन सत्रलाई विशिष्ठ अतिथी स्थानीय विकास अधिकारी सुदेवकुमार पोखरेलले आफू सप्तरीवासी भएको भन्दै जिल्लाको समग्र विकास भएको हेर्न चाहेको बताए । कला, संस्कृतिको दृष्टिकोणबाट सप्तरी जिल्ला समृद्ध रहेको भन्दै आगामी दिनमा आफूबाट हुनसक्ने सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
अन्तर्राष्ट्रिय मैथिली परिषद् नेपालकी अध्यक्ष समेत रहेकी लेखिका करुणा झाले प्रत्येक ब्यक्तिको हृदयभित्र कलाप्रति अनुराग हुने भन्दै यस्ता तालिमले त्यस्को प्रस्फुटन हुने विश्वास व्यक्त गरिन् । कार्यक्रममा वरिष्ठ पत्रकार शिवहरीप्रसाद भट्टराई, डा. रञ्जित झा, सदभावना पार्टीका केन्द्रिय सदस्य दिपेन्द्र चौधरी, सेभ द सप्तरीका अध्यक्ष ध्रुव देव, गीतकार श्रीराम मण्डलले सुभकामना दिए ।
तालिमको उद्देश्यबारे जननी फिल्मस्का प्रवन्ध निर्देशक श्यामसुन्दर यादवले प्रकाश पारेका थिए । कालाकारीता प्रशिक्षण उपभोक्ता समितिकी अध्यक्ष नायीका डोली सरकारको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन गायीका अञ्जु यादवले गरिन् ।
तालिमको प्रशिक्षकमा नेपाली चलचित्रका चर्चित निर्देशक यादव भट्टराई, युवा निर्देशक किशन अर्याल, निर्देशक सूर्यनारायण साह बैजु, नायीका डोली सरकारलगायतका रहेका छन् ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *