नेपाल–भारतका ५ जना सर्जकलाई नइ पुरस्कार प्रदान गर्ने निर्णय

नेपाल–भारतका ५ जना सर्जकलाई नइ पुरस्कार प्रदान गर्ने निर्णय
Bwtech New Add With Software & Bull SMS

काठमाडौं, १८ चैत । नइ प्रकाशनले नेपाल राष्ट्र र अन्तर्राष्ट्रिय क्षेत्रका गरी पाँच जना श्रष्टालाई २०७३ सालको विभिन्न पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।

नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको विशेष बैठकले सो निर्णय गरेको हो । नइ प्रकाशनले दुई लाख रुपैयाँ राशीको नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार भारतका श्रीमती विन्द्या सुब्बालाई समर्पण गर्ने निर्णय गरेको छ ।
विगत पाँच दशकअघिदेखि नेपाली वाङ्मयको श्रीवृद्धिका लागि निरन्तर समर्पित रहँदै नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारमा समेत महत्वपूर्ण योगदान पु¥याए वापत उनलाई सो पुरस्कार समर्पण गरिने भएको हो । यो पुरस्कार नेपाली–गोर्खाली मूलका विदेशी नागरिकलाई मात्र प्रदान गरिन्छ ।
यस्तै साहित्यकार, संस्कृतिविद्, चित्रकार तथा आयुर्वेदाचार्य डा.मोदनाथ प्रश्रितलाई एक लाख रुपैयाँ राशीको ‘नइ खरा सुकीर्ति पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ । उनलाई नेपाली भाषासाहित्यमा छ दशकअघिदेखि अहोरात्र समर्पित रहँदै पृथ्वीनारायण शाहको नेपाल एकीकरणबारेको महत्ता जनजनमा फैलाउनका साथै संस्कृति, चित्रकला र आयुर्वेदका क्षेत्रमा समेत पु¥याएको गरिमाशाली योगदानका निम्ति सो पुरस्कार समर्पण गर्ने निर्णय गरिएको हो ।
यसैगरी साढे छ दशकअघिदेखि नेपाली नारी जागरणका लागि निरन्तर सङ्घर्षरत रहँदै नेपाली भाषा साहित्यको सृजनामा समेत पु¥याएको विशिष्ट योगदानका निम्ति शान्ता श्रेष्ठलाई पचास हजार रूपैयाँ राशीको ‘नइ खरा प्रदीप्ति पुरस्कार’ प्रदान गर्ने निर्णय भएको छ ।
यसैगरी नेपाली तथा मैथिली भाषासाहित्य तथा पत्रकारिताका क्षेत्रमा मन, वचन र कर्मले समर्पित हुँदै मैथिली सङ्गीत र चलचित्रको विकासमा समेत क्रियाशील बहुआयामिक साधक श्री धीरेन्द्र प्रेमर्षिलाई पच्चीस हजार रुपैयाँ राशीको ‘नइ खरा गौरव पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ । यस्तै समाजसेवा, नाट्याभिनय, छायाचित्र र पठन, लेखन क्षेत्रकी प्रखर प्रतिभा सुश्री नानी थापालाई पन्ध्र हजार रुपियाँ राशीको ‘नइ खरा पौरख पुरस्कार’ समर्पण गर्ने निर्णय गरिएको छ । सुप्रसिद्ध राजनीतिज्ञ खनूप्रुदे ‘रामबाबू’को प्रबल ईच्छा अनुसार सात वर्षअघि यी पुरस्कारका स्थापना गरिएको नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईले जानकारी दिएका छन् ।

Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *