• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

बलियामा टि–ट्वान्टी क्रिकेट प्रतियोगिता सञ्चालन

बलियामा टि–ट्वान्टी क्रिकेट प्रतियोगिता सञ्चालन

राजविराज, १७ चैत । सप्तरीको बलियामा विहीवार टि–ट्वान्टी क्रिकेट खेलको एक कार्यक्रम बिच उद्घाटन गरिएको छ ।
बलिया ५ स्थित इस्लाम टोलमा इस्लामी युवा कलब क्रिकेट टिमले आयोजना गरेको टि–ट्वान्टी क्रिकेट खेलको संघीय समाजवादी फोरम नेपालका नेता दिपक कुमार यादव(टुटुबाबु)ले रिबन काटेर उद्घाटन गरेका हुन् । उनले ब्याट बलसहित खेलेर समेत खेलको उद्घाटन गरेका छन् ।
उद्घाटन खेलमा संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश कुमार यादव लगायत स्थानिय नेता तथा बुद्धिजिवि, पत्रकार अशोक झा, राससका अरुण कुमार यादव, प्रहरी चोकीका असइ चुडामणी खतिवडाको उपस्थिति रहेको थियो । स्थानिय नेता दिपनारायण यादवको अध्यक्षतामा सञ्चालित टि–ट्वान्टी क्रिकेट खेलमा जिल्ला भरिका १६ वटा टिमको सहभागीता रहेको इस्लामी युवा क्लव क्रिकेट टिमका कप्तान मोहम्द नोमानले जानकारी दिएका छन् ।
क्रिकेट खेलको पहिलो दिनको खेलमा बलिया क्रिकेट टिम र धिमार क्रिकेट टिम बिच खेलमा बलिया टिम विजयी भएको जनाईएको छ । शुक्रवार महादेव क्रिकेट टिम र लभनगर क्रिकेट टिम तथा गंगापुर र भगवतपुर क्रिकेट टिम बिच दुई वटा खेल हुने आयोजकले जनाएको छ ।