सप्तरीको कटैयाका माझीद्वारा मलेसियामा आत्महत्या

सप्तरीको कटैयाका माझीद्वारा मलेसियामा आत्महत्या
Bwtech New Add With Software & Bull SMS

राजविराज, १२ चैत । वैदेशिक रोजगारीमा मलेसियामा रहेका सप्तरीका एक युवकले चार दिनअघि झुण्डिएर आत्महत्या गरेका छन् ।
करिब तीन वर्षअघि वैदेशिक रोजगारीकालागि मलेसिया पुगेका सप्तरीको कटैया गाविस–१ का २५ वर्षिय अशोक माझीले गत बुधवार राती आत्महत्या गरेको परिवारजनले जनाएका छन् । परिवारका एक्लो कमाउने छोरा माझीको शव बिहीवार बिहान मलेसियास्थित कोठामै साथीभाइले देखेपछि कटैयास्थित घर खबर गरेको पीडित परिवारका बिन्देश्वर माझीले जानकारी दिएका छन् ।
यसैबीच मृतक यूवक माझीको शव नेपाल ल्याईदिन सरकारसमक्ष पीडित परिवारले आग्रह गरेको छ । एक वर्ष अघिमात्र उनका बुवाको मृत्यु भएको थियो भने त्यसअघि दाजुको पनि दुवै मिर्गौला फेल भएर मृत्यु भएको थियो ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *