हनुमान मन्दिरदेखि स्टार होटलसम्मको बाटो सरसफाई

हनुमान मन्दिरदेखि स्टार होटलसम्मको बाटो सरसफाई
Bwtech New Add With Software & Bull SMS

राजविराज, १२ चैत । सप्तरी युथ नेपालले थालेको ५० हप्ते सरसफाइ सप्ताह अन्तर्गत ३० औं हप्ताहमा राजविराज–४ स्थित हनुमान मन्दिरदेखि स्टार होटल पछाडिसम्मको बाटो तथा नालाहरु सरसफाइ गरिएको छ ।
३० औं हप्ताको सरसफाइ भब्यताका साथ सम्पन्न गर्न आइडियल सरकारी संस्थाले सहकार्य गरेको छ । स्थानीयवासिन्दा समेतको उल्लेख्य सहभागिता रहेको थियो । युवाहरुद्वारा गरिएको उक्त सरसफाइमा राजविराज नगरपालिकाले दिएको सरसफाइका सामाग्रीहरुले सरसफाइ गर्नमा महत्वपुर्ण सहयोग मिलेको तथा फोहोर उठाउनकालागि राजबिराज नगरपालिकाकै ट्रयाक्टरको सहयोगले समेत सरसफाइमा मदत मिलेको जनाईएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल, राजविराज नगरपालिकाका कार्यकारी अधिकृत उमेश प्रसाद यादव तथा आईडियल सहकारी संस्थाका अध्यक्ष गणेश कुमार आशको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा आइडियल सहकारी संस्थाले सरसफाइका लागि युवाहरुलाई ५० थान टिसर्ट उपलब्ध गराउने समेत प्रतिबद्धता ब्यक्त गरेका छन् ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *