
राजविराज, ११ चैत । ५० हप्ते सरसफाई अभियानको शुरुवात गर्ने सप्तरी युथ नेपाललाई राजविराज नगरपालिकाले सरसफाई सामग्री उपलब्ध गराएको छ ।
राजविराज नगरपालिकाका यसअघिका कार्यकारी अधिकृत यादव सापकोटाले गरेको प्रतिबद्वता अनुरुप युवाहरुलाई सरसफाई सामग्री उपलब्ध गराएका छन् । नगरपालिकाका कार्यकारी अधिकृत उमेश प्रसाद यादवले सप्तरी युथ नेपालका उपाध्यक्ष मोहन कुमार यादवलाई सामग्री प्रदान गरे । प्रदान गरिएको सरसफाई सामग्रीमा कोदालो ४ थान, बेल्चा ४ थान, काँटा ५ थान, खुर्पी, हँसिया र केटो २÷२ थान, फिनेल तेल २० बोतल, हात धुने साबुन १ सय थान, झाडु ३० थान रहेको छ ।



