• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

भाषा-संस्कृति

छिन्नमस्ता शक्तिपीठमा चैत्र २८ गतेदेखि लक्षचण्डी रुद्र महायज्ञ

छिन्नमस्ता शक्तिपीठमा चैत्र २८ गतेदेखि लक्षचण्डी रुद्र महायज्ञ

राजविराज, १० चैत्र । सप्तरीको छिन्नमस्ता गाविस स्थित प्रसिद्ध छिन्नमस्ता शक्तिपीठमा आयोजना हुन लागेको लक्षचण्डी रुद्र महायज्ञ आगामी चैत्र २८ गतेदेखि आयोजना हुने भएको छ ।
चैत्र १६ गतेदेखि हुने भनिएको महायज्ञ समसामयिक परिस्थितिका कारण समय सारिएको विहीवार शक्तिपीठ परिसरमा विहीवार आयोजित पत्रकार सम्मेलनमा उनले महायज्ञको तिथि सारिएकोबारे जानकारी दिईएको हो । गत फागुन २३ गते एमालेको मेची महाकाली अभियानको विरोधका क्रममा प्रहरीको गोली लागेर ५ जनाको मृत्यु भएपछि जिल्लामा उत्पन्न तनावका कारण निर्धारित मिति परिवर्तन गर्नु परेको उनले बताए ।
नेपालमै पहिलो र विश्वमा पाचौ पटक हुन लागेको दावी गरिएको लक्षचण्डी रुद्र महायज्ञमा स्वदेशी तथा सिमावर्ती भारतवाट गरी झण्डै ५० लाख भन्दा वढि श्रद्धालु आउने अनुमान गरिएको पीठाधीश ठाकुरको भनाई थियो । लाखौको संख्यामा आउने भक्तजनका लागि स्वच्छ खानेपानी, शौचालय, रात बिताउनकालागि उपयुक्त वासस्थल लगायतका सवै तयारी अन्तिम चरणमा पुगेको उनले जानकारी दिएका छन् ।
महायज्ञको तयारीका क्रममा नेपालमा रथ यात्रा सम्पन्न भई सकेको र हाल रथ यात्रा भारतको विहार राज्यमा चलिरहेको उनले जानकारी दिएका छन् । ‘विहारका मुख्यमन्त्री नितिश कुमारको प्रत्यक्ष निगरानीमा विहारका प्रमुख शहरहरुमा महायज्ञको रथ यात्रा चलिरहेको जानकारी दिँदै उनले महायज्ञको एक हप्ता अघि मात्र रथ शक्तिपीठ परिसरमा आउने बताए ।
महायज्ञमा ३ हजार ५ सय ख्याति प्राप्त पण्डितहरु सहभागी हुने उनले जानकारी दिए । कुल २१ करोड रुपैया खर्च हुने अनुमान गरिएको महायज्ञका लागि स्थानीय र सिमावर्ती भारतीय क्षेत्रका श्रद्धालु र दाताको चन्दा सहयोग प्राप्त भईरहे पनि राज्यपक्षवाट हालसम्म कुनै सहयोग नपाएको उनले गुनासो पनि पोखे । सप्तरीको मलेठ घटनामा मारिएकोहरुको आत्माको चीर शान्तिको कामना गर्दै छुट्टै पंडितद्वारा यज्ञशालामा यज्ञ हुने पीठाधीश ठाकुरले जानकारी दिएका छन् । कार्यक्रममा भावुक भएका पीठाधीश ठाकुरले शहिद परिवारका बालबालिकाको शिक्षादिक्षाको प्रबन्ध मिलाउने बताए ।