मलेठ घटनाको अध्ययन गर्न संसदीय छानविन टोली सप्तरीमा

मलेठ घटनाको अध्ययन गर्न संसदीय छानविन टोली सप्तरीमा
Bwtech New Add With Software & Bull SMS

राजविराज, १० चैत । गत फागुन २३ गते मलेठमा भएको गोलीकाण्डको स्थलगत अध्ययन गर्न संसदीय छानबिन टोली विहीवार सप्तरी आईपुगेको छ ।
नेकपा एमालेले आयोजना गरेको मेची महाकाली राष्ट्रिय अभियानका क्रममा प्रहरीले चलाएको गोली लागेर पाँच जनाको मृत्यु तथा करिब तीन दर्जन घाइते भएका थिए । उक्त घटनाको विषयमा विस्तृत अध्ययन–अनुसन्धान गर्न संसदीय टोली जिल्ला आईपुगेको जनाईएको छ ।
सांसद मुख्तार अहमददको नेतृत्वमा रहेको टोली ११.३० बजे घट्नास्थल मलेठ गएर घटनास्थलको अवलोकन, प्रत्यक्षदर्शी एवम् पीडित परिवारजनसँग समेत भेट्ने कार्यक्रम रहेको सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण वहादुर कटवालले जानकारी दिएका छन् । यसैगरी उक्त टोलीले दिउँसो ३ बजे प्रमुख जिल्ला अधिकारीको निवासमा पत्रकार र राजनीतिक दलसँग भेंटघाट गर्ने कार्यक्रम रहेको उनले बताएका छन् ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *