स्थानीय तहको संरचना विभेदपूर्ण रहेको भन्दै प्रजिअलाई ज्ञापनपत्र

स्थानीय तहको संरचना विभेदपूर्ण रहेको भन्दै प्रजिअलाई ज्ञापनपत्र
Bwtech New Add With Software & Bull SMS

वीरगञ्ज, ९ चैत्र । राष्ट्रिय मधेश समाजवादी पार्टी पर्साले स्थानिय तहको पुनर्संरचना गर्दा विभेद भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएर विरोध जनाएको छ ।

रा.म.स.पा.पर्साका अध्यक्ष प्रेम बाबु पटेलको नेतृत्वमा केन्द्रीय सदस्य राजेशमान सिंह, महाविर शर्मा, डा.सुरेन्द्र तिवारी, युवा लिगको अध्यक्ष सुशिल पटेल, जिल्ला सचिव उमेश सहनी, वकिल हवारी, राहुल तुलस्याङ, लगायतको टोलीले पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे समक्ष ज्ञापन पत्र बुझाएका हुन् । स्थानीय तहको पुनः संरचना गर्दा पर्साका गा.वि.स.हरुलाई गाउपालिका घोषणा गरिएको र वीरगंज उप–महानगरपालिकाको साविक ३० वटालाई घटाएर २७ वडा कायम गर्ने क्रममा नगरको सर्वाधिक ठूला वडा १३, १६, १७, १८ र १९ लाई न्यायोचित ढंगले विभाजन गरी समान रुपमा कायम गर्न माग गर्दै त्यसो नगरिए वडाहरुमा कुनैपनि किसिमको काम हुन नदिने समेत चेतावनी दिइएको छ ।
यसैगरि रा.म.स.पा.को भातृ संगठन युवा लिग पर्साका अध्यक्ष सुशील पटेलको नेतृत्वमा करिब ५० जनाको संख्यामा रहेको युवा टोलीले वीरगञ्ज उप–महानगरपालिका वडा नं. ६ को वडा कार्यालयको वार्डमा कालो दलेर मधेश सरकार लेखेको राष्ट्रिय पत्रकार संघका केन्द्रीय अध्यक्ष विरेन्द्र साह (हिटलर) ले जानकारी दिएका छन् ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *