• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

कृषि

सप्तरीको पूर्वी भेगमा दुई फिटसम्म असिना, बालीमा क्षती(फोटो फिचर)

सप्तरीको पूर्वी भेगमा दुई फिटसम्म असिना, बालीमा क्षती(फोटो फिचर)

राजविराज, ७ चैत्र । सोमवार बेलुकी वर्षासँगै परेको भारी असिनाले गर्दा सप्तरी जिल्लामा लगाईएको बालीमा ठूलो क्षति पुर्याएको छ ।

लगातार परेको असिनाले आँप, गहुँबाली, मुगसहित दलहन एवम् तेलहन बालीमा क्षति पुर्याएको हो । जिल्लाको पूर्वी र उत्तरी क्षेत्रमा अत्यधिक मात्रामा असिना परेको छ । पूर्व–पश्चिम राजमार्गमा करिब दुई फिटसम्म असिना जमेको थियो । असिनाले सडक तथा खेतबारी सेताम्मय बन्न पुगेको थियो । अविरल असिना परिरहँदा केहीबेर राजमार्गमा यातायात समेत अवरुद्ध हुनपुगेको थियो ।
असिनाले जिल्लाको जण्डौल, बकधुवा, कञ्चनरुप, बरमझिया, टेङ्गरी लगायतका क्षेत्रहरुमा बढी क्षति पुर्याएको छ । यसअतिरिक्त अन्य क्षेत्रमा समेत असिनाले गर्दा गहुँबाली र आँपको मुजुरामा क्षति पुर्याएको स्थानीयवासिन्दाले जनाएका छन् । यस्तो असिना करिब २०–२५ वर्षपछि मात्र सप्तरी जिल्लामा परेको उनीहरुको भनाई छ । असिनासँगै परेको पानीले गर्दा जिल्लामा चिसो समेत बढेको छ ।

तस्विरः अनवर/उत्तम आचार्य