मलेठ घटनामा मारिएका परिवारलाई बागडोलबाट आर्थिक सहयोग

मलेठ घटनामा मारिएका परिवारलाई बागडोलबाट आर्थिक सहयोग
Bwtech New Add With Software & Bull SMS

राजविराज, ६ चैत । काठमाण्डौको बागडोल स्थित मधेशी समाजले सप्तरीको मलेठ घटनामा प्रहरीको गोलीबाट मारिएका पाँच जनाका परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएका छन् ।
सप्तरी जिल्ला स्थायी घर भई बागडोलमा बस्दैआएका सप्तरीवासीले एक आपसमा संकलन गरेको रकम आइतवार वितरण गरिएको हो । संघीय समाजवादी फोरम नेपालका राजनीतिक समिति सदस्य शैलेन्द्र प्रसाद साहको विशेष पहलमा जनही ११ हजार रुपैयाँका दरल पीडित परिवारको घरमै पुगेर समाजको तर्फबाट उप प्राध्यापक विरेन्द्र यादवले रकम हस्तान्तरण गरेका छन् । उक्त अवसरमा सद्भावना पार्टीका केन्द्री सदस्य दिपेन्द्र प्रसाद चौधरी, संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीका संयोजक दिनेश कुमार यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष सतिश कुमार सिंहलगायतको उपस्थिति थियो ।
गत फागुन २३ गते मलेठमा प्रहरीले चलाएको गोली लागेर मलेठ गाविस वडा नम्वर– २ का २५ वर्षिय सञ्जन मेहता, मलेठ–४ का ५० वर्षिय पीताम्बर मण्डल र प्रसवनी–४ टेङ्गरी घर भएका ३५ वर्षिय सिनियर अहेव आनन्द कुमार साह र मलेठ–४ का विरेन्द्र महतो र जमुनी मधेपुरा गाविस वडा नम्वर–१ कटवी गाउँ निवासी ५० वर्षिय ईनरदेव यादवको मृत्यु भएको थियो ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *