
राजविराज, ५ चैत । परिमार्जनसहितको प्रस्ताव पारित गरी संविधान संशोधनको माग गर्दै जारी आन्दोलनको विषयमा भारतीय सञ्चारमाध्यममा समेत बहस विषय बनेको छ ।
पछिल्लो पटक सप्तरीको मलेठ घटनामा सरकारद्वारा भएको नरसंहार पश्चात अन्तर्राष्ट्रिय स्तरमा चर्चा पाएको हो । मलेठ घटनामा प्रहरीले टाउँका र छातीमा गोली हानेको विषय तथा मधेश र मधेशीप्रति सरकारले गर्दैआएको विभेदको विषयमा भारतको राज्यसभा टिभीले गत मङ्गलवार विज्ञ एसडी मुनी, विज्ञ राकेश सुद, प्रा. राजिव सिक्री बीचको बहस कार्यक्रम प्रशारण गरेको छ ।
हालै बहस हालसम्मकै चर्चित एवम् तार्किक बन्न पुगेको छ । मधेशको विषयमा नेपालका पार्टीहरुको दृष्टिकोण र मधेशी जनताको माग समेतको विषयमा टेलिभिजनमा व्यापक बहस भएको छ ।
(भिडियो हेर्नुहोस्)



