Top_Header_Right_Add

छिन्नमस्ताको यज्ञशालामा झण्डोत्तोलन

छिन्नमस्ताको यज्ञशालामा झण्डोत्तोलन

राजविराज, ५ चैत । सप्तरीको छिन्नमस्ता सखडा शक्तिपीठमा वसन्त नवरात्री चैत १६ देखि सञ्चालन हुन लागेको लक्षचण्डी रुद्र महायज्ञकालागि निर्माणाधीन यज्ञशालामा शुक्रबार बेलुकी झण्डोत्तोलन गरिएको छ ।
उक्त अवसरमा पीठाधीश महाकान्त ठाकुरले विधिविधान अनुरूप पूजाअर्चना गरेका हुन् । पूजासँगै पीठाधीश ठाकुर साततल्ले यज्ञशालाको गुम्बजमा चढेर झण्डोत्तोलन समेत गरेका छन् । ४० हजार वर्गफिटमा निर्माणाधीन यज्ञशालाको निर्माणकार्य अन्तिम चरणमा पुगिसकेको छ ।
शनिवारदेखि यज्ञशालाको छाना छाउने कार्य सुरु भएको छ । यज्ञशाला निर्माण मिस्त्री कैलाश सहनीका अनुसार यज्ञशाला निर्माण एवं सजावट कार्य समयमै पूरा हुने जानकारी दिएका छन् । विश्व शान्ति र मानव कल्याणकालागि संकल्पित यो महायज्ञमा ३५ सय पंडितद्वारा यज्ञ सुसम्पन्न हुने कार्यक्रम रहेको छ ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।