• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आर्थिक

मलेठ घटनाका मृतक परिवारलाई डेमोक्रेटिक पार्टीद्वारा सहयोग, सिडिओले गरे भेंटघाट

मलेठ घटनाका मृतक परिवारलाई डेमोक्रेटिक पार्टीद्वारा सहयोग, सिडिओले गरे भेंटघाट

राजविराज, ४ फागुन । सप्तरीको मलेठ घटनामा मृत्यु भएका पाँचै जनाका परिवारलाई डेमोक्रेटिक पार्टी अमेरिकाका उम्मेदवार दर्शन रौनियारले पाँच हजार रुपैयाँको दरले सहयोग गरेका छन् ।

मलेठ घटनाको विषयमा जानकारी लिँदै उनले उक्त रकम सहयोग गरेका हुन् । हाल अमेरिकी नागरिक रौनियारले घटनाको विषयमा आफुले अमेरिकामा समेत कुरा उठाउने प्रतिवद्धता व्यक्त गरेका छन् । मलेठ घटनामा भएको वर्बर दमनको विषयमा रिपोर्ट बनाएर न्यायकालागि पहल गर्ने उनले बताए । घटनाबारे राष्ट्रिय मानव अधिकार आयोग, अमेरिकाका सांसदहरु तथा मानव अधिकार संघ संस्थालाई यस घटनाबारेमा के कसरी गर्न सकिन्छ भन्ने बारेमा आफूले जानकारी गराउँने बताए । नेपालमा भइरहेको मधेशी–पहाडीको भेदभावलाई अन्त्य गर्न आफु नेपाल चाँडै आउने बताउँदै मधेशी र पहाडीको दुरीलाई एक बनाई देशलाई विकासको बाटोतर्फ अगाडि बढाउने कार्य गर्ने रौनियारले प्रतिबद्धता व्यक्त गरे ।  रौनियारले शहिद परिवारका छोरा–छोरीलाई उचित शिक्षा दिक्षा तथा रोजगारको व्यवस्थापनको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । भेंटघाट कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण कटुवालले मृतक पाँचै जना परिवारलाई प्रति समवेदना प्रकट गर्दै उनीहरुलाई शहिद घोषणा गर्नकालागि सरकारसँग पहल गर्ने, परिवारका सदस्यहरुलाई राहत स्वरुप पाउने १० लाख रकम चाँडै उपलब्ध
गराउन पहल गर्नुको साथै उनीहरुको परिवारका सदस्यहरुलाई रोजगारको ग्यारेन्टी गर्ने आश्वासन दिएका छन् ।