• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

फालिएको शिशुलाई जिवनदान दिँदै सन्त सत्यनारायण

फालिएको शिशुलाई जिवनदान दिँदै सन्त सत्यनारायण

राजा जनकको आदर्श स्थापित गर्दै जनकपुरका अंग्रेजी विषयका प्राध्यापक सन्त सत्यनारायण आलोक फालेको नवजात शिशुहरुलाई आश्रम ल्याई स्याहार गरेर जिवनदान दिँदै आएका छन् ।

जनकपुरको रामानन्द चौक भन्दा पश्चिम कबिर नगरमा सन्त आलोकको आश्रम छ । जहाँ विभिन्न ठाउँमा फालिएको नवजात बच्चालाई आश्रम ल्याई पालन पोषण सन्त आलोकजीले गर्ने गर्छन् ।
आश्रममा अहिले १२ जना बच्चाहरु छन् । उक्त आश्रममा दुई बालक तथा १० जना बालिकाहरु छन् । यी सबै बच्चाहरु दुई दिनदेखि लिएर एक महिनासम्मका बच्चालाई आमाबुबाले सडक, फोहोर फाल्ने ठाउँ, झाडी, खेत आदिमा फालेको अवस्थामा भेटिएका बच्चाहरुलाई सन्त आलोकले पालनपोषण गर्दैआएका छन् । आफ्नो पापलाइ लुकाउन बच्चा फाल्ने गरेको बताइन्छ ।
आश्रममा कुनै श्रोत छैन । आलोकको परिश्रम र केही दाताले दिएको भरमा आश्रम चलिरहेको छ । सन्त आलोकले एक्लै यति ठुलो अभियानको अभिभारा लिएका छन् । साच्चै नै उनी महान व्यक्ति हुन् । सरकारको ध्यान यस आश्रममा परोस र यस आश्रमलाई उचित सहयोग गरोस । सन्त आलोकजीको यो महान कार्यलाई नमन गर्छु ।
साभारः राकेश कुमार यादवको फेसबुक वालबाट