अनिश्चितकालीन सप्तरी बन्द फिर्ता

अनिश्चितकालीन सप्तरी बन्द फिर्ता
Bwtech New Add With Software & Bull SMS

राजविराज, २८ फागुन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले मलेठ घट्नाको विरोधमा आह्वान गरिएको अनिश्चितकालिन बन्दको कार्यक्रम शनिवारैदेखि फिर्ता लिएको छ ।

मोर्चाका जिल्ला संयोजक दिनेश कुमार यादवले शनिवार साँझ प्रेस विज्ञप्ति जारी गर्दै अनिश्चितकालिन बन्द फिर्ता लिएको जनाएका छन् । यस पटकको होली पर्व तड्कभड्कका साथ नमनाउन समेत तराई–मधेशका जनतासँग मोर्चाले अपिल गरेको छ । मोर्चाद्वारा अन्य विरोधका कार्यक्रम भने जारी नै रहने जनाईएको छ । मोर्चाले गरेको आन्दोलनका क्रममा साथ र सहयोग दिने सबैप्रति आभार प्रकट गर्दै आगामी दिनमा समेत साथ र सहयोगको अपेक्षा प्रेस विज्ञप्तिमार्फत गरिएको छ ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *