• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

भाषा-संस्कृति

सप्तरी घटनाको शोकमा जनकपुरको मिनापले महामूर्ख सम्मलेन नमनाउने

सप्तरी घटनाको शोकमा जनकपुरको मिनापले महामूर्ख सम्मलेन नमनाउने

जनकपुर, २७ फागुन । होरी पर्वको अवसरमा प्रत्येक वर्ष जनकपुरमा आयोजना हुदैआएको महामूर्ख सम्मेलन यस वर्ष नहुने भएको छ ।
सप्तरीको राजविराजमा भएको गोलीकाण्डमा चार जनाको मृत्यु पश्चात शोकमग्न अवस्था रहेको भन्दै कार्यक्रम स्थगन गरिएको हो । यस्तो शोकको माहौलमा कार्यक्रम गर्न उचित नहुने भन्दै मिथिला नाट्यकला परिषद(मिनाप)का पूर्व अध्यक्ष सुनिल मल्लिकले जानकारी दिएका छन् ।
मिनापको विहीवार सम्पन्न बैठकले सप्तरी नरसंहारपश्चात खुशी मनाउने रंग अबीर खेल्न उचित नरहेको भन्दै मिनापले कार्यक्रम स्थगन गरेको उनले जानकारी दिएका छन् । मिथिला नाटय कला परिषदले प्रत्येक वर्ष यो सम्मेलन आयोजना गर्दैआएको थियो । मिनापक पूर्व अध्यक्ष सुनिल मल्लिकले यो विषयमा समाजिक सञ्जालमा समेत स्थानीयवासी र बुद्धिजिवीसँग सल्लाह सुझाव मांगेका थिए । अधिकांशले कार्यक्रम नगर्ने सल्लाह दिएको प्रतिक्रिया पश्चात मिनापको आकस्मिक बैठक बसेर यो निर्णय लिएको पत्रकार एमव् कलाकर्मी घनश्याम मिश्रले जानकारी दिएका छन् ।
जनकपुरमा २०६१ सालदेखि महामूर्ख सम्मेलन हुदै आएको छ । पहिलो पटक २०६१ सालमा महामूर्खको उपाधी मैथिली कवि नरेश ठाकुर, २०६२ मा एमाले नेता शीतल झा, २०६३ मा जनकपुर नगरपालिकाक तत्कालीन मेयर हरिबहादुर बिसी, २०६४ मा सदभावना नेता ओमकुमार झा, २०६५ मा बरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल, २०६६ मा पूर्व मन्त्री एवं नयाँ शक्तिका नेता रामचन्द्र झा, २०६७ मा नेपालक चर्चित राजनीतिक विश्लेषक सिके लाल, २०६८ मा साहित्यकार रामभरोष कापड़ि भ्रमर, २०६९ मा नेपाली काँग्रेस धनुषाका सभापति रामसरोज यादव, २०७० मा तमलोपाका नेता एवं सांसद डा. विजय कुमार सिंह, २०७१ मा एमाले नेता एवं सांसद शत्रुधन महतोलाई प्रदान गरिएको थियो । गत वर्ष स्मशान घाटलाइ स्वर्गद्वारिमा परिणत गरी चर्चामा आएका पवन सिंघानियालाई महामुर्खको उपाधी प्रदान गरिएको थियो । फायल तस्विरः इकान्तिपुर डट्कम