पेट्रोलियम पदार्थ आपूर्ती सहज पार्न स्थानीय प्रशासन सक्रिय

पेट्रोलियम पदार्थ आपूर्ती सहज पार्न स्थानीय प्रशासन सक्रिय
Bwtech New Add With Software & Bull SMS

राजविराज, २१ फागुन । सप्तरी जिल्लामा केही दिनयताको पेट्रोलियम पदार्थ आपूर्ती सहज पार्न स्थानीय प्रशासनले विशेष सक्रियता देखाएको छ ।
तीन दिनअघि मात्रै आएका प्रमुख जिल्ला अधिकारी उद्धव तिम्लसेनाको विशेष सक्रियतामा नेपाल आयल निगमको पूर्वाञ्चल डिपोसँग समन्वय गरी एकै दिन ठूलो मात्रामा पेट्रोलियम पदार्थ सप्तरी ल्याईएको हो । उनले शुक्रबार पेट्रोलियम पदार्थ व्यवसायीसँग भएको बैठकमा डिपोले दिन नमानेको बताएपछि फोन गरेर मगाएको बताए ।
उनका अनुसार शुक्रबारै साँझ जिल्लामा ४४ हजार लिटर पेट्रोल र एक लाख २४ हजार लिटर डिजले आइसकेको छ । यसैबीच शुक्रबार मात्रै पेट्रोलियम पदार्थ व्यवसायी र स्थानीय प्रशासनबीच भएको सहमति पेट्रोलपम्प सञ्चालकहरुले तोडेका छन् ।
जिल्ला प्रशासन कार्यालयमा एक मोटरसाइकललाई एक पटक रु ५ सयको भन्दा बढी पेट्रोल बिक्री नगर्न भनेपनि शनिबार पेट्रोल बिक्री गर्ने केहि पम्पले भने जसले जति माग गरेपनि उपलब्ध गराएका छन् । जिप्रकाको निर्णयमा बाइकलाई रु पाँच सयको र मारुती भ्यानलाई रु एक हजारसम्मको पेट्रोल उपलब्ध गराउन भनिएपनि पम्प सञ्चालकहरुले छिट्टो छिट्टो सकाउने नियतले ग्राहकहरुलाई पेट्रोलियम पदार्थ बितरण गरेको संचारकर्मीहरुको अनुगमले फेला पारेको छ ।
बैठकमा सगरमाथा पेट्रोलियम डिलर्स एशोसिएशनका अध्यक्ष हरेकृष्ण सिंह स्वयं सहभागी भएपनि उनकै पम्पमा जथाभावी तरिकाले पेट्रोलको बिक्री भएको जनाईएको छ । मोटरसाइकलको नम्बर उल्लेख गरेर पेट्रोल दिने निर्णय भए पनि पम्प सञ्चालकहरुले कसैको नम्बर उल्लेख गरेको पाइएको छैन् । यस्तै ग्यालेनमा नदिने निर्णय भएपनि ग्यालेनमा समेत पम्प संचालकहरुले बिक्री गरेको उपभोक्ताहरुले गुनासो गरेका छन् । तस्विरः शम्भु चौधरी/राजविराज

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *