• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

जिवन शैली

तस्विरमा साहित्यकार धीरेन्द्र र रुपाको २५औं वर्षगाँठ समारोह

तस्विरमा साहित्यकार धीरेन्द्र र रुपाको २५औं वर्षगाँठ समारोह

नेपाली एवम् मैथिली साहित्यका हस्ताक्षर व्यक्तित्व धीरेन्द्र प्रेमर्षि तथा मैथिली अभियानी कोकिलकण्ठी गायीका एवम् नारी हस्ताक्षर रुपा झा २५ वर्ष अघि वैवाहिक बन्धनमा बाँधिएका थिए । सामाजिक रुपान्तरणमा संघर्षरत उनीहरुले दाइजो प्रथालाई चुनौती दिँदै जनकपुरको जानकी मन्दिरमा स्वयंवर गरी दुई दिन पश्चात फागुन ८ गते (२० फेब्रुअरी)का दिन भारतको कमलपुरमा मैथिल संस्कृति अनुसार शुभ वैवाहिक बन्धनमा बाँधिएका थिए ।
विवाहको २५ औं वर्ष पुरा गरेको शुभ अवसरमा कमलपुरमा सोमवार भव्य समारोह आयोजना गरिएको थियो । विशुद्ध मैथिली संस्कार एवम् मैथिल माहोलका बीच उनीहरुले वैवाहिक उत्सव मनाएका छन् । उक्त अवसरमा नेपाल तथा भारतका चर्चित साहित्यकार, लेखक, पत्रकार, एवम् कलाकारहरुको सहभागिता रहेको थियो । करिब १० हजार जनसमुदायका बीच मिथिला नाट्य कला परिषद्(मिनाप)ले ‘गाम नई सुतैय’ मैथिली नाटक मञ्चन गरे । प्रस्तुत छ समारोहका केही तस्विरहरुः