कतारमा भथौलका सरदारको मृत्यु

कतारमा भथौलका सरदारको मृत्यु
Bwtech New Add With Software & Bull SMS

राजविराज, ८ फागुन । सप्तरी जिल्लाको गाविस जमुनी मधेपुरा वडा नम्वर–९ भथौलका १ जनाको वैदैशिक रोजगारको शिलशिलामा कतारमा मृत्यु भएको छ ।
विगत १ वर्षदेखि वैदेशिक रोजगारको सिलसिलामा कतार पुगेका भथौल निवासी ३५ वर्षिय राम सरदारको गत शुक्रवार कामबाट फर्किएर सुतेको क्रममा मृत्यु भएको हो । सरदार वैदेशिक रोजगारको शिलशिलामा टु सि इन्टरनेशनल म्यानपावर कम्पनी काठमाण्डौबाट कतारमा राजमिस्त्रीमा काम गर्न गएको मृतकका परिवारजनले बताएका छन् ।
यता मृतक सरदार परिवारको आर्थिक अवस्था एकदमै कमजोर रहेको छ । मृतकका पत्नी, छोरा र एक छोरी रहेको जानकारी सबल नेपालका कार्यक्रम संयोजक अशोक कुमार साहले जानकारी गराएका छन् ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *