स्थानीय निकायमा धर्ना जारीः कामकाज ठप्प

स्थानीय निकायमा धर्ना जारीः कामकाज ठप्प
Bwtech New Add With Software & Bull SMS

राजविराज, ५ फागुन । देशव्यापी कार्यक्रम अनुसार सप्तरी जिल्लाका स्थानीय निकायका कर्मचारीहरु स्थानीय निकायको कामकाज ठप्प पार्दै धर्ना कार्यक्रमलाई विहीवार समेत निरन्तरता दिएका छन् ।
कर्मचारीहरुले पेशागत माग राख्दै राजविराज स्थित जिल्ला विकास समितिको कार्यालय अगाडि धर्नामा बसेका छन् । अस्थायी तथा करारमा कार्यरत कर्मचारीले सेवा निरन्तरता, स्थानीय निकाय निर्वाचन, अब बन्ने ऐन नियम, कार्यविधि गठन आदेशबाटै स्थायित्व र व्यवस्थापनलगायतका मागहरु राख्दै कर्मचारीहरुले आन्दोलन कार्यक्रमलाई निरन्तरता दिएका छन् ।
कर्मचारीहरु आन्दोलनमा उत्रेपछि सप्तरीसहित देशैभरिको स्थानीय निकायको कामकाज ठप्प हुन रहदैआएको छ । दीर्घकालीन रुपमा करार र अस्थायी रुपमा कार्यरत ६ हजारभन्दा बढी कर्मचारीको समायोजनको मागअघि सार्दै कर्मचारीहरुले आन्दोलनलाई निरन्तरता दिएका छन् । माघ २३ गतेदेखि स्थानीय निकायका कर्मचारीहरुले आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिएका छन् । जिल्ला विकास समिति, नगरपालिका तथा गाउँ विकास समितिले स्थानीय स्वायत्त शासन ऐन अनुसार भर्ना गरेका कर्मचारीहरुले समेत अब गठन हुने स्थानीय तहको नेतृत्व गर्न पाउनु पर्ने उनीहरुको माग छ ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *