• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
मोर्चाले फागुन २० गते ‘मुक्त दिवस’ मनाउने

राजविराज, ५ फागुन । जनतान्त्रिक तराई मुक्ति मोर्चा(क्रान्तिकारी) केन्द्रीय समितिको गत सोमवार सम्पन्न बैठकले विभिन्न निर्णय गरेको अध्यक्ष जयकृष्ण गोइतले प्रेस विज्ञप्तिमार्फत जनाएका छन् ।
गोइतको अध्यक्षतामा सम्पन्न मोर्चाको पाँचौं केन्द्रीय समितिको बैठकले वर्तमान परिस्थिति र आगामी राजनीतिक, फौजी, सांगठनिक र संघर्ष सम्बन्धी योजनाबारे बहससहित निर्णय भएको प्रेस विज्ञप्तिमा उल्लेख छ । बैठकले संगठन र धनीभूत संघर्षकोलागि मेचीदेखि महाकालीसम्मको सम्पूर्ण तराई भू–भागलाई पूर्वी, मध्य र पश्चिमी कमाण्डमा विभाजित गरिएको जनाईएको छ । पूर्वी कमाण्ड इञ्चार्ज पोलिटब्यूरो सदस्य प्रतिक, मध्य कमाण्ड इन्चार्य पोलिट ब्यूरो सदस्य प्रकाश र पश्चिमी कमाण्ड केन्द्रीय कार्यालयको जिम्मा रहने निर्णय भएको अध्यक्ष गोइतद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।
३ मार्च, १८१६ पूर्खाले सशस्त्र युद्ध लडेर नेपाली शासनबाट मुक्त हुने ‘दिन’ अगामी ३ मार्च, २०१७ को २०१(दुई सय एक) वर्ष पुरा हुन गई रहेको भन्दै केन्द्रीय समितिको बैठकले ३ मार्च, २०१७ तदानुसार २० फागुन, २०७३ लाई ‘मुक्त दिवस’ घोषण गर्दै भव्य र शानदार रुपले मनाउने निर्णय गरेको विज्ञप्तिमा जनाईएको छ । २०७३, फागुन २० गते ‘मुक्त दिवस’ भव्य र शानदार रुपले मनाउने सम्पूर्ण तराईका मूल निवासिहरुलाई अपील गर्ने बैठकमा निर्णय गरेको जनाईएको छ । बैठकले शहीद परिवार, बन्दी परिवार र यातनापीडितहरुको समस्याहरुलाई पनि समाधान गर्ने निर्णय समेत गरेको छ विज्ञप्तिमा उल्लेख छ ।
अप्रिल, १७७१ मा विगत ५ बर्षको भित्री तराई प्रदेशको तिरो अग्लो १४ हातको ५ वटा हात्ती र बाहिरी तराई प्रदेशको तिरो नगद बक्यौता रकम पन्ध्र हजार रुपैयाँ बारागढीमा रहेको ब्रिटिश ईष्ट इण्डिया कम्पनीका सिभिल अफिसर हार्डीलाई बुझाई एवं भित्री तराई प्रदेशको तिरो वापत हात्ती र बाहिरी तराई प्रदेशको तिरो वापत नगद रकम प्रतिवर्ष बुझाउने शर्तमा जिमिन्दारी कम्पनीबाट लिएपछि नेपालका राजा पृथ्वीनारायण शाहले तराईवासीहरुमाथि क्रुरतापूर्ण अत्याचार र भेदभावपूर्ण व्यवहार गर्न थालेको निरन्तरता वहाँपछिको शाहवंशी राजा, महाराजाहरुले पनि दिएको विज्ञप्तिमा जनाईएको छ ।
‘इतिहासको घटनाक्रममा राजा पृथ्वी नारायण शाह, राजा प्रतापसिंह शाह, बालक राजा रणबहादुर शाहका नायब महारानी राजेन्द्रलक्ष्मी देवी शाह रनायब राजकुमार बहादुर शाहको ब्रिटिशप्रतिको मित्रवत् र व्यवहारपरक नीति उनीहरुपछिका नेपालका भाइ भारदारहरुका लागि बढी अग्राह्य र अरुचिकर बन्न पुग्यो’ प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ ‘संसारको जङ्गे मैदानमा ब्रिटिशका ज्यानी दुश्मन भैरहेका फ्रांसका सेनापति र विशेषज्ञलाई नेपालमा झिकाई ब्रिटिश सैनिकसित युद्ध क्षेत्रमा मुकाबिला गर्नका निम्ति नेपाली फौजलाई तालिम जनरल भीमसेन थापाले गराए, भारतीय उपमहाद्वीपमा वेलायत र फ्रान्सको द्वन्द्व चलिरहेको वेला नेपाल फ्रान्सको पक्षमा लागे ।’
नेपाल विस्तार अभियानलाई सन् १७८९ मा टिस्टा नदीदेखि पूर्व बढ्नबाट सिक्किमी र भूटानी सेना, सन् १७९२ मा वत्र्तमान उत्तरी सीमादेखि अगाडि बढनबाट तिब्बती र चीनी सेना, सन् १८०९ मा सतलज देखि पश्चिम बढ्नबाट काँगडाली र सिख सैन्यवलले रोकी दियो तर, दक्षिणमा नेपालको कम्पनी क्षेत्रमा आक्रमण, झडप, लुट, आगजनी आदि जारी नै रह्यो । मुजफ्फरपुर डिस्ट्रिक्ट गजेटियर अनुसार सन् १८१३ सम्ममा नेपालीहरुले तिरहुतको लगभग २०० गाउँहरुमाथि कब्जा जमायो । कब्जामा लिएका अनेक गाउँमा सम्पति लुटेर आगो लगाई दियो ।
११ मार्च १८१४ मा कम्पनी सरकारका गभर्नर जनरल लार्ड माकर््िवस आँफ हेस्टिडले नेपाल दरवारलाई चेतावनीपूर्ण एउटा पत्र पठाए । गभर्नरको चेतावनी पत्र पाएर भीमसेन थापाले भारदारी सभा बोलाएर युद्ध गर्ने निर्णय लिइयो । अब नेपाल र कम्पनी बीच युद्ध अपरिहार्य हुन गयो । लॉर्ड हैस्टिंग्सले विस्तृत सैन्य योजना तयार पारी लखनउबाट १ नवम्बर, १८१४ मा नेपालसँग युद्धको घोषणा गरे ।
‘अन्याय, अत्याचार, शोषण र दमनको विरुद्ध विद्रोह गर्नु अन्याय, अत्याचार, शोषण र दमनमा परेका जनसमुदायको नैसर्गिक र जन्मसिद्ध अधिकार एवं कर्तव्यको सर्वमान्य सिद्धान्त अनुसार नेपाली शासनका मध्ययुगीन बर्वरतापूर्ण अत्याचारका शिकार तराईवासीहरुले नेपाली शासनको विरुद्ध विद्रोह गरेर आफ्नो शत्रुको शत्रु मित्र हुने मान्यता अनुरुप ब्रिटिश ईष्ट इण्डिया कम्पनीलाई खुलेर साथ दिएर नेपालसंग सशस्त्र युद्ध लडे । युद्धमा नेपाल पाराजित भए’ विज्ञप्तिमा भनिएको छ ‘नेपाल दरवार सन्धि गर्नको लागि विवश भए । सन् १८१५, मई २८ को नेपालले आवश्यक अधिकार–पत्रको साथ राजगुरु गजराज मिश्रलाई कम्पनी सरकारका प्रतिनिधि मेजर पेरिस ब्राँडशाँसँग सन्धी वार्ता गर्न सुगौली पठाए ।’
विज्ञप्ति अनुसार कम्पनीका प्रतिनिधि र नेपालका प्रतिनिधि बीच केही महिनासम्म कैयौं पटक सन्धि वात्र्ता भयो । नेपालले सुगौली सन्धि–पत्र मार्फत टिस्टादेखि मेचीसम्म तथा महाकालीदेखि सतलजसम्मको भू–भाग युद्ध अपराधमा कम्पनीलाई सुम्पियो । कम्पनीले सुगौली सन्धि–पत्रद्वारा नै नेपाललाई प्रतिवर्ष तिरो तिर्न शर्तमा दिएको मेचीदेखि महाकालीसम्मकोे तराई समेत फिर्ता लिए । गजराज मिश्रले २८ नवम्बर, १८१५ का दिन प्रस्तावित सन्धि–पत्रमा हस्ताक्षर गरिदिए । त्यस्तै २ दिस्म्बर, १८१५ई.का दिन ब्राँडशाँले पनि सही गरि दिए । यस दिन देखि पन्ध्र दिनभित्रै नेपालका राजाको स्वकृतिको लागि प्रस्तावित सन्धि–पत्र काठमाण्डौं राजदरवार पठायो ।
‘राजाको स्वकृति पछि ब्राडशॉ मार्फत यस उपर बीस दिन भित्रै वा सम्भव भए यस भन्दा पनि शीघ्र नै गभर्नरको स्वीकृत लिइने’ विज्ञप्तिमा भनिएको छ ‘नेपाल दरवारमा सुगौली सन्धि–पत्रका शर्त स्वीकार गर्ने कि नगर्ने विषय उपर छलफल हुँदा पुनः युद्धकै पक्षमा गए ।’ सन् १८१६, फरवरी २७ र २९ का दिन मकवानपुरमा भएको पुनरावर्तित युद्धमा पनि नेपाल पराजित भए ।
विज्ञप्तिमा अगाडि भनिएको छ ‘मकवानपुरको युद्धमा विजयी भई हेटौंडामा सैन्य शिविर खडागरि जनरल ऑक्टरलोनीले काठमाण्डौं हान्ने बढदै आइरहेको समाचार पाउन साथ उत्ताउलो सैन्यवादको नीतिबाट सम्पूर्ण खत्तम हुनलागेको नेपाललाई जे–जति हुन्छ बचाउनका लागि नेपाल दरवारले प्रस्तावित सुगौली–सन्धि स्वीकार गर्नु नै श्रेयस्कार ठान्यो । अन्ततः ३ मार्च, १८१६ का दिन नेपाल दरवारद्वारा सुगौलीको प्रस्तावित सन्धि–पत्रमाथि स्वीकृतिको लालमोहर सदर ग¥यो । ४ मार्च, १८१६ का दिन अप्राहान २ः३० बजे चन्द्रशेखर उपाध्यायले नेपाल दरवारद्वारा लालमोहर सहित स्वीकृत भएको सन्धि–पत्र हेटौंडाको सैनिक छाउनीमा हाजिर भएर ऑक्टरलोनीलाई बुझाए । नेपाल दरवारद्वारा सुगौलीको सन्धि–पत्रमा लालमोहर सदर भएपछि वैधानिक रुपमा नेपाली शासनबाट हाम्रो मातृभूमि मेचीदेखि महाकालीसम्मका ‘तराई’ मुक्त भए ।’