
काठमाण्डौ, २१ माघ । जिल्ला अदालत सिराहाले स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सिके राउतलाई १० दिन थुनामा राख्ने आदेश दिएको छ ।
धनुषाको जनकपुर स्थित डेराबाट पक्राउ परेका राउतलाई शुक्रवार सिरहा जिल्ला अदालतले म्याद थप गरेको हो । राज्य विप्लव सम्वन्धि मुद्दामा उनलाई थुनामा राख्ने आदेश दिएको सिरहा प्रहरीले जनाएको छ । यसअघि पनि उनी राज्य विरुद्धको अपराधमा पटक–पटक पक्राउ परे पनि विषेश अदालतबाट रिहा हुँदैआएका थिए ।
राउतविरुद्धको अपराध सम्वन्धि मुद्दामा ईलाका प्रहरी कार्यालय लहानले मुद्धा दायर गरेको छ । उनलाई सिरहा प्रहरीले नै हिरासतमा राखेर कार्वाही अगाडि बढाएको छ ।



