धर्मी हल्फाद्वारा तोपामा कम्बल वितरण

धर्मी हल्फाद्वारा तोपामा कम्बल वितरण
Bwtech New Add With Software & Bull SMS

राजविराज, १९ माघ । सप्तरी जिल्लाको तोपास्थित मुसहरबस्तीमा धर्मीहल्फा महिला बिकास क्लवले जाडोवाट बच्न न्यानोका लागि ब्लाङकेट बितरण गरेको छ ।
पछिल्लो केही दिन यता जाडो बढदै गएको न्यानो कपडाको अभावमा स्थानिय मुसहर समुदायलाई समस्या भईरहेको अबस्थामा क्लवले तोपाका ४० परिवार मुसहरलाई न्यानोका लागि ब्लाङकेट बितरण गरेको हो । तोपा स्थित मुसहरबस्तीमा आयोजित कार्यक्रममा क्लवका अध्यक्ष ईन्जिनयर सुर्यनारायण यादब, कान्तिपुर संवाददाता अवधेशकुमार झा, कान्तिपुर टेलिभिजनका सम्वाददाता रामनारायण बिश्वास, समाज बिकास अभियान नेपाल तोपाका उपाध्यक्ष अशोककुमार यादब, सदस्य तजमुल मंसुरी, मुसहर समुदायका स्थानिय अगुवा मानतीदेबी सदा र देवन सदा लगायतले उक्त ब्लाङकेट हस्तान्तरण गरे ।
यस अघि उक्त क्लवले गत सोमवार तोपास्थित डोमबस्तीमा आयोजित कार्यक्रममा स्थानिय डोम समुदायलाई ब्लाङकेट बितरण गरेको थियो । बुधवारनै क्लवले छिन्नमस्ता गाबिस स्थित सखडाका ६५ परिवारलाई पनि ब्लाङकेट बितरण गरेको छ ।
अध्यक्ष यादबका अनुसार क्लवले एकसाता यता हनुमाननगरमा ४०, देउरी भरुवामा ९५, बोरियाका ७५, रंजितपुरको मुसहरबस्तीमा १ सय तिलाठी गाबिसको वडा नम्बर ८ र ९ मा १ सय, सडेपारमा ४० र छपकी भथौलमा ४० बिपन्न परिवारलाई ब्लाङ्केट बितरण गरेको छ । जिल्लामा अन्य विपन्न परिवार पहिचान गरि जाडोबाट बच्न ब्लाङकेट बितरण गरिने योजना रहेको उनले बताए ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *