मलेसियामा नेसपाको प्रवासी मधेशी मञ्च गठन

मलेसियामा नेसपाको प्रवासी मधेशी मञ्च गठन
Bwtech New Add With Software & Bull SMS

राजविराज, १५ माघ । मलेशियाको शाह आलममा दिनेश्वर प्रसाद यादवको सभापतित्वमा नेपाल सद्भावना पार्टी निकट प्रवासी मधेशीहरुको एक भेलाले कृष्ण बादशाहको नेतृत्वमा ५१ सदस्यीय नेपाल प्रवासी मधेशी मञ्च गठन गरिएको छ ।
समितिको उपाध्यक्षहरुमा राकेश कुमार यादव, दुर्गेश सिंह दनुवार एवं मनोज कुमार मण्डल, महासचिवमा दिनेश्वर प्रसाद यादव, सह–महासचिवहरुमा रामसहाय यादव, जनार्दन ठाकुर एवं सुर्यदेव रवीदास, कोषाध्यक्षमा दिपेश कुमार साह सोनार, सह–कोषाध्यक्षमा विनोद कुमार साह हलुवाई, प्रवक्तामा धिरज झा रहेका छ । समितिको सदस्यहरुमा दिपक दास, राधेश्याम साह, लक्ष्मी पासवान, ललन प्रसाद महतो, सन्तोष यादव, रामललित साह सोनार, मनोज कुमार यादव, उमेश यादव, जलेश्वर मण्डल, रविन्द्र राउत, धर्मेन्द्र यादव, अमरनाथ ठाकुर, छोटेलाल राउत, भवेश पण्डित, ललन मण्डल खत्वे, उमेश झा, रामकृपाल मण्डल, रवी जयसवाल, रामजीवन साह हलुवाई, लक्ष्मण मण्डल, रामसफल यादव रहेका छन् ।
सदस्यमा चन्द्रदीप कुमार राय, अजीत कुमार मण्डल, सन्तोष कुमार सोनार, दिपेन्द्र झा, अशोक यादव, राकेश साह तेली, सुधिर यादव, नितेश कुमार मिश्र, प्रेम साह, मुकेश महतो, विजय मिश्र, मनोज साह, छविलाल साह, उमेश झा र मनोज यादव लगायतलाई चयन गरिएको छ । नेपाल प्रवासी मधेशी मंचको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल सद्भावना पार्टीका अध्यक्ष, नेपाल सरकारका पुर्व मन्त्री तथा कार्यक्रमका प्रमुख अतिथि अनिल कुमार झाले स्वर्गीय गजेन्द्र बाबुले देखाउनु भएको मार्गमा रहेर एकिकृत नेपालभित्र समृद्ध मधेश र अधिकार सम्पन्न मधेशी समुदायको पक्षमा सशक्त ढंगले उभिने तथ्य स्पष्ट गर्दै मधेशीहरु नेपाल भित्र नै आप्mना अधिकार र भविष्य खोज्नु पर्ने पार्टीको धारणा रहेको प्रष्टयाए ।
संविधान संसोधन बिना हुने कुनै पनि निर्वाचनलाई आफूहरुको समर्थन नहुने तर्क राख्दै अध्यक्ष झाले मलेशियामा रहेका प्रवासी मधेशीहरुको समस्या प्रति हामी सम्बेदनशिल रहेको र समस्या समाधानका लागी नेपाल सदभावना पार्टी र यस पार्टी निकट नेपाल प्रवासी मधेशी मंच, अन्र्तराष्ट्रिय समन्वय समितिले निकट भविष्यमैं आवश्यक पहल गर्ने बताए । कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका महासचिव श्री राजीव झाले यस भन्दा पहिले नेपाल प्रवासी मधेशी मंच, कतार गठन भै सकेको र निकट भविष्य मै विश्वका दर्जनौं देशहरुमा यसका शाखाहरु खुल्ने जानकारी गराए ।
पार्टीका प्रवक्ता तथा व्यवस्थापिका–संसदका सदस्य मा.डा. डिम्पल झाले मलेशिया सहित विदेशमा रहेर श्रम गरीरहेका मधेशी लगायतका अन्य सबै नेपालीले उक्त देशमा भोगीरहेको पीडा र समस्याका बारेमा संसदमा कुरा उठाउने बचनवद्धता व्यक्त गरिन् ।
यसैगरी मलेशियाको जोहरबारु क्षेत्रमा रोहित पासवानको अध्यक्षतामा २१ सदस्यिय नेपाल प्रवासी मधेशी मञ्च, जोहरबारुको गठन समेत गरिएको छ । आइतवार क्वालालम्पुर क्षेत्रमा समेत समितिको गठन हुने प्रवक्ता धिरज झाले प्रस विज्ञप्तिमा मार्फत जानकारी दिएका छन् ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *