• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

छैठौं दिनको खेलमा हनुमान युवा क्रिकेट टिम इनर्वा विजयी

छैठौं दिनको खेलमा हनुमान युवा क्रिकेट टिम इनर्वा विजयी

राजविराज, १२ माघ । सप्तरीको लौनिया स्थित ग्राम देवता स्थानमा हिमाल कल्वद्वारा सञ्चालित टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको छैठौ दिनको खेलमा हनुमान युवा क्रिकेट टिम इनर्वा विजयी भएको छ ।
हनुमान युवा क्रिकेट टिम, इनर्वा र जुनियर च्याम्पियन क्रिकेट क्लव कुनौली बिचको खेलमा हनुमान युवा क्रिकेट टिम इनर्वा टस जितेर व्याटिटङ्ग गर्दै १८.२ ओभरको खेलमा सम्पूर्ण विकेट गुमाउँदै १८० रन बनाए । इनर्वा टिमका व्याट्स म्यान भरत ४५ रन, रोशन ३३ रन, धिरज २१ रन बनाउन सफल रहे । यसैगरी प्रतिष्पर्धामा उत्रेको जुनियर च्याम्पियन क्रिकेट कल्व कुनौली टिम १०.२ ओभरमै सम्पूर्ण विकेट गुमाए । कुनौली टिमका व्याट्सम्यान पिन्टु १७ रन, सुरज ११ रन बनाउँदै कुनौली टिम जम्मा ८१ रनमै सिमित रहे । खेलको म्यान अफ द म्याच इनर्वा टिमका रोशन भएको स्थानीय कमल मण्डलले जानकारी दिएका छन् । उनले ६ विकेटसहित ३३ रन बनाएका थिए ।
लागु औषधसहित दुई जना पक्राउ
सुनसरी, १२ माघ । प्रहरीले सुनसरीको भुटाहाबाट मङ्गलबार एक्सकुफ–डिएक्स नामक लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरी र प्रहरी चौकी भुटाहाको संयुक्त प्रहरी टोलीले भुटाहा–७ भित्री सडक खण्डमा चेकजाँचका क्रममा बिआर–५०–डि–९९३८ नम्बरको मोटरसाइकलको डिकीमा लुकाई राखेको अवस्थामा ४० बोतल एक्सकुफ–डिएक्स नामक लागूऔषधसहित भारत अररिया जिल्ला घर भएका २१ वर्षिय आजाद अन्सारी र २५ वर्षिय नबुद्दिन अन्सारीलाइ पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान भइरहेको छ ।