
राजविराज, ९ माघ । राजविराज नगरपालिका–१ स्थित विपी विचार समाजद्वारा आयोजित रोजगारमूलक एक महिनो सिलाई कटाई तालिमका सहभागीलाई आइतवार प्रमाणपत्र वितरण गरियो ।
नेपाली कांग्रेसका जिल्ला सचिव रामकुमार यादवको अध्यक्षता तथा नेपाली कांग्रेसका सांसद सकलदेव सुतिहारको प्रमुख आतिथ्यमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुतिहारले महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले संसद विकास कोषबाट ७० जना महिलाई तालिम दिईएको जानकारी दिए ।
कार्यक्रममा जिल्ला विकास समिति सप्तरीका योजना तथा अनुगमन अधिकृत धीरेन्द्र कुमार यादव, क्षेत्रीय सभापति महानन्द यादव, युवा नेता ईर्साद अन्सारी, जिल्ला सदस्य राजकुमार साह, ध्रुव देव, मुक्तिनाथ चौधरी, ओम प्रकाश साह, मालती चौधरी, निलम कर्ण, पार्थो सरकार, शम्भुलाल देव लगायतले मन्तव्य व्यक्त गरे ।



