• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आर्थिक

नवज्योत सहकारीको तेस्रो साधारण सभा सम्पन्न

नवज्योत सहकारीको तेस्रो साधारण सभा सम्पन्न

राजविराज, ८ माघ । नवज्योत वचत तथा ऋण सहकारी संस्था लिमिटेडको तेश्रो वार्षिक साधारण सभा एक समारोहका बिच शनिवार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष नरसिंह यादवको अध्यक्षता तथा राष्ट्रिय सहकारी बंैकका प्रवन्धक विप्लव कुमार कर्णको प्रमुख आतिथ्यमा साधारण सभाको आयोजना गरिएको हो । साधारण सभामा अध्यक्ष यादवले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै १ करोड २२ लाख ५८ हजार ५ सय ३९ रुपैयाँ २२ पैसाको दायित्व र सम्पत्ति विवरण प्रस्तुत गरेका छन् ।
कार्यक्रममा संस्थाका सल्लाहकार संयोजक ऋषिकान्त ठाकुर, श्रृजना फाईनान्सका प्रवन्धक राजकुमार यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका छन् । उक्त अवसरमा ज्येष्ठ नागरिक भथौलका महेन्द्रप्रसाद यादव, पर्मी यादव, प्रसाहीका कपलेश्वर यादव, लक्ष्मीपुरका देवनारायण यादव, मलेठका परमान्द मेहता, गुदर यादव, दशरथ यादव, छपकीका धनीचन्द्र मण्डल, विहारपुरका मो. मनिद, हनुमाननगरका नरेश परियार, मनोजकुमार मेहता लगायतलाई सम्मान गरिएको छ । कार्यक्रमको सञ्चालन अवकाशप्राप्त शिक्षक महिनारायण यादवले गरे ।