• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

बालसंसार

वीरगञ्जमा ह्याण्डराइटिङ्ग प्रतियोगिता सम्पन्न

वीरगञ्जमा ह्याण्डराइटिङ्ग प्रतियोगिता सम्पन्न

वीरगंज, ७ माघ । वीरगंज एकेडेमीक यौंग लिगको आयोजनामा शुक्रवार वीरगञ्जमा ह्याण्डराइटिंग प्रतियोगिता सम्पन्न भएको छ ।

ममता विद्या मन्दिर इङ्गलिस बोर्डिङ्ग स्कुलमा सम्पन्न प्रतियोगितामा वीरगञ्जका ४ वटा विद्यालयहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा ममता विद्या सदनकी सानिया गुप्ता र रिया तिवारी प्रथम, ममताकै सुरुची तिवारी र सिद्धार्थ एकेडेमीकी मनिसा कुमारी द्धितीय र आचार्य एकेडेमीकी सोनु कुशवाहा र ममताकी सुधा यादव तृतीय भए । सस्थाका अध्यक्ष रुदल ठाकुलको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम वञ्जारा, विद्यालयका निर्देशक शम्भु प्रसाद गुप्ता, प्रधानाध्यापक विजया ओझैया, हरि शंकर प्रसाद गुप्ता, लगायतको उपस्थिती रहेको थियो ।