खुला दिशामुक्त घोषणा कार्यक्रममा तोडफोड, खानेपानी प्रमुख यादव सामान्य घाइते

खुला दिशामुक्त घोषणा कार्यक्रममा तोडफोड, खानेपानी प्रमुख यादव सामान्य घाइते
Bwtech New Add With Software & Bull SMS

राजविराज, ३ माघ । सप्तरीको कटैया गाउँ विकास समितिमा आयोजना गरिएको खुला दिशामुक्त घोषणा कार्यक्रममा गरिएको तोडफोडका क्रममा जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख सामान्य घाइते भएका छन् ।

कार्यालयका प्रमुख लोकेन्द्र कुमार यादव सामान्य घाइते भएका हुन् । केहीबेर तनावग्रस्त भएको छ । कार्यक्रम शुरु भएको केहि बेरमै स्थानिय एमाले नेता सुर्यनारायण माझी नेतृत्वमा आएको ठूलो समूहले मंच तोड्फोड गर्न शुरु गरेपछि घोषणा कार्यक्रम केहीबेरकालागि अवरुद्व भएको थियो ।
एक्कासी आएको समूहले मञ्च, माइक र कुर्सी तोडफोड् गर्न शुरु गरेका थिए । त्यस क्रममा ती समूहबाट फालिएको फलामको टुक्रा लागेर खानेपानी तथा सरसफाई डिभिजन कार्यालय राजविराजका प्रमुख यादव घाइते भएका छन् । यादवको ओंठमा फलामको टुक्रा लागेर रगत निस्केको छ ।
गविसस्तरीय खानेपानी तथा सरसफाई स्वच्छता समितिले सप्तरी सामुदायिक विकास केन्द्रको आयोजनामा यस गाविसमा घोषणा सभाको आयोजना गरेको थियो । स्थानिय विकास अधिकारी सुदेव पोखरेलको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख यादव, महिला तथा बालबालिका कार्यालयकी प्रमुख चन्द्रकला श्रेष्ठ, यूएन ह्याबिट्याटका हरि बुढाथोकी, नेपाल पत्रकार महासंघ सप्तरीका कावा अध्यक्ष श्रवणकुमार देव, यूनिसेफकी सुनिता सुल्फेसहित कटैया गाविसका राजनीतिक दलका प्रतिनिधी, वडा नागरिक मंचका संयोजकहरुसहितका सरोकारबालाहरु मंचासिन भइसकेको अवस्थामा विवाद भएको थियो ।
विवाद गर्ने समूहले तनाव सृजना गरेपछि प्रहरीको टोली पुगेको थियो । प्रहरीको टोली पुगेपछि केही बेरपछि अवस्था सहज भएपछि खानेपानीका प्रमुख लोकेन्द्र यादवले गाविसलाई खुल्ला दिशामुक्त घोषणा गरेका थिए । उनीहरुले शौचालय बनाउने बेला एक शौचालय वापत एक ट्युववेल उपलब्ध गराउने बताएको र नदिएको भन्दै तनाव उत्पन्न गरेका थिए ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *