डा. भट्टराईले भने ‘राष्ट्रियताको संकिर्ण परिभाषाले देश विखण्डनतिर जान सक्छ’(भिडियो हेर्नुस्)

डा. भट्टराईले भने ‘राष्ट्रियताको संकिर्ण परिभाषाले देश विखण्डनतिर जान सक्छ’(भिडियो हेर्नुस्)
Bwtech New Add With Software & Bull SMS

राजविराज, २४ पुस । नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय संयोजक डा. बाबुराम भट्टराईले एकल जातीय राष्ट्रियताको संकिर्ण परिभाषाले देश अशान्ति र विखण्डनतिर जाने आशंका व्यक्त गरेका छन् ।

द्वन्द्वकालीन मुद्दामा सप्तरी सदरमुकाम राजविराज कारागारमा रहेका पार्टीका पूर्व जिल्ला संयोजक अरुण कुमार साहसँग भेट्ने क्रममा निरीक्षण पश्चात पत्रकारहरुसँग कुराकानी गर्दै उनले यस्तो आशंकार व्यक्त गरेका हुन् । हिमाल, पहाड र तराई मधेशका मधेशी, थारु, आदिवासी, जनजाती, खस आर्यलाई मिलाएर नेपाली राष्ट्रियता बन्ने उनले बताए । नेपाली राष्ट्रियताको परिभाषा इन्द्रधनुषी रुपमा बुझ्नुपर्ने बताउँदै डा. भट्टराईले भने ‘ एकल जातीय राष्ट्रियताको संकिर्ण परिभाषा गलत छ, त्यसले देशलाई अशान्ति र विखण्डनतिर लानसक्छ ।’
साहसँग भेंटघाट पश्चात कारागार भित्र पसेर निरीक्षण गर्न पुगेका उनले कारागारको अवस्था दर्दनाक रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । ‘मैले कल्पनासम्म गरेको थिएन, १५–२० जना अट्ने ठाउँमा सय जनासम्मलाई कोचेर राखिएको छ, पक्का छानोसम्म नभएका कारण जाडोमा कष्टप्रद जीवन विताउन बाध्य छन् ।’ कारागारको अमानवीय अवस्थाप्रति सरकार र स्थानी प्रशासनलाई गम्भीर बन्न उनले आग्रह गरे ।
प्रतिशोधमा विभिन्न मुद्दा लगाएर कतिपयलाई फँसाएको तर्क गर्दै निरीक्षणमा पुगेका नेता भट्टराईले भने ‘९५ वर्षका अशक्त सूर्यनारायण मण्डललाई जेलमा राखेको छ, मैले बुझे अनुसार यस्ता व्यक्तिलाई राख्न मिल्दैन, देशमा कानूनको राज्य छ कि के छ यो देशमा ? लोकतन्त्र हो कि केहो यो देशमा ?’ नेता भट्टराईले कारागारलाई सुधारगृहको रुपमा लानुपर्नेमा जोड दिएका छन् ।
आफ्ना पार्टीका होनहार युवा नेतालाई द्वन्द्वकालीन मुद्दामा प्रतिशोध वा पूर्वाग्रही ढङ्गले फँसाएको आरोप लगाए । उनले भने ‘सत्य निरुपन तथा मेलमिलाप आयोगमा जाने मुद्दा व्युँताएर षडयन्त्रपूर्ण ढङ्गबाट फँसाएको छ । साह विगत आठ महिनादेखि द्वन्द्वकालीन मुद्दामा राजविराज कारागारमा छन् ।

भिडियो हेर्नुस्

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *