एमाले महेन्द्रकालीन हौवा पिट्दैछः डा. भट्टराई

एमाले महेन्द्रकालीन हौवा पिट्दैछः डा. भट्टराई
Bwtech New Add With Software & Bull SMS

राजविराज, २३ पुस । नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय संयोजक डा. बाबुराम भट्टराईले नेकपा एमाले महेन्द्रकालीन राष्ट्रवादको हौवा पिटेर संसद अवरुद्ध गर्नेतर्फ लागेको भन्दै यसले गर्दा समस्या समाधानमा बाधा भइरहेको कुरा बताएका छन् ।

शनिबार साँझ राजविराजमा स्थानीय सञ्चारकर्मीहरुसित कुराकानी गर्दै उनले यस्तो कुरा बताएका हुन् । ‘अहिले संविधान संशोधन गरी मुलुकलाई शिघ्र निकास दिनु जरुरी छ’ उनले भने ‘तर, एमाले संसद अबरुद्ध गरेर समस्या लम्क्याउनेतर्फ लागेको छ ।’
विभिन्न जातजातीको पुरानो थातथलोको पहिचानसहित भाषिक र ऐतिहासिक विषय वस्तुलाई पनि संघीयतामा समेट्नु आवश्यक रहेको भन्दै नेता भट्टराईले पहिले संविधान सभाको भावनालाई काँग्रेस, एमालेले पुरानो सोचबाट ग्रस्त भई अहिले त्यसलाई बंग्याएको कारणले समस्या थपिएको टिप्पणी गरे ।
उनले भने ‘संघीयतामा नमिलेको कुरालाई मिलाएर अघि बढ्न अब ढिलाई गर्नु हुन्न ।’ सुनसरी मोरंगका थारु बाहुल्य क्षेत्रलाई २ नम्बर प्रदेशमा, पश्चिमका थारु बाहुल्य क्षेत्रलाई ५ नम्बर प्रदेशमा, बीचको लुम्बिनी–राप्तीका मगर बाहुल्य क्षेत्रलाई ४ नम्बर प्रदेशमा राखे निकास निस्कने उनको भनाई थियो ।
तपाईको पार्टी र संघीय समाजवादी फोरमबीच एकीकरणको चर्चा छ नि ? भनि राखिएको जिज्ञासामा उनले एकीकरण भन्दा पनि आफुहरुको ध्यान संविधान संशोधनतर्फ केन्द्रीत रहेको बताए । ‘फोरम मात्र होइन हाम्रो तमलोपा, सद्भावना लगायतका मधेशवादी दलहरुसित पनि कुरा हुँदैछ’ उनले भने ‘संविधान संशोधन पछि परिवर्तनकारी शक्ति बीच एकिकरणतिर लाग्ने छौं ।’

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *