हेल्थअसिष्टेन्टहरुले गरे पर्सा जनस्वास्थ्य कार्यालयमा तालाबन्दी

हेल्थअसिष्टेन्टहरुले गरे पर्सा जनस्वास्थ्य कार्यालयमा तालाबन्दी
Bwtech New Add With Software & Bull SMS

वीरगञ्ज, २० पुस । स्वास्थ्य चौकी प्रमुखको बिषयलाई लिएर पुस १७ गते देखि चरणवद्ध आन्दोलनमा उत्रेका पर्साका हेल्थ असिष्टेन्टहरुले बुधवार जिल्ला जनस्वाथ्य कार्यालय पर्सामा तालाबन्दी गरेका छन् ।
हेल्थ असिष्टेन्टहरुले बिहान १० बजे देखि नै कार्यालयमा तालाबन्दी गरेका हुन् । पटक पटक आग्रह गर्दा समेत जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले आफुहरुको मांगलाई बेवास्ता गरेको आन्दोलन समितीका संयोजक धर्मेन्द्रराय यादवले बताए । पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको तथा तीन दिन देखि धरणा दिँदा समेत स्थानिय प्रशासन र जिल्ला जनस्वास्थ्य कार्यालय चासो नलिएपछि बाध्य भएर तालाबन्दी गरेको उनले बताए ।
नेपाल सरकारको २०७१ पुस २४ गतेको निर्णय बमोजिम पारित भएको संगठनात्मक सरंचना र दरवन्दी तेरिजमा साथै स्वास्थ चौकीहरुको प्रमुखमा हे .अ (तह ५,६ र ७) कायम गरेको भएपनि सि.अ.हे.ब छैटोको दवाबमा जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले नेपाल सरकारको निर्णयलाई समेत न मानेको हेल्थ असिष्टेन्ट संघका अध्यक्ष रबिन्द्र साहले आरोप लगाए । साहले अब पनि जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले आफुहरुको मांगलाई सम्बोधन नगरे कडा आन्दोलन गर्ने चेतावनी समेत दिए ।
तालाबन्दी कार्यक्रममा हेल्थ असिष्टेन्ट नेपालका केन्द्रीय सदस्य अनिल कुमार यादव, हेल्थ असिष्टेन्ट पर्साका उपाध्यक्ष सुनिल कुर्मी, सचिव राजु साह, सदस्यहरु शिवनारायण मण्डल, अनिसकान्त कुशवाहा, दिपक यादव, सञ्जय यादव, विनु श्रेष्ठ, अप्सरा देवकोटा, सञ्जीता ढकाल, बबिता साह, भगवती भट्ट, सर्मीला मल्ल लगायत ८० जना भन्दा बढी हेल्थ असिष्टेन्टहरुको उपस्थिती रहेको थियो ।
आन्दोलन शुरु गरेदेखि कार्यालय प्रमुख कार्यालय आउन छोडेको र निमित प्रमुखले यसबारे बोल्न नमानेकोले झन समस्या भएको आन्दोलनकारीहरुको भनाई छ ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *