नयाँ युगकालागि नयाँ शक्ति

नयाँ युगकालागि नयाँ शक्ति
Bwtech New Add With Software & Bull SMS

अमृत साफी

नयाँ शक्ति पार्टी नेपाल मूलधार भनिएको परम्परागत राजनीति भन्दा फरक र वैज्ञानिक चिन्तन र अभ्यास गर्ने एक राजनैतिक दल हो । २०७३ जेष्ठ ३० गते पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा काठमाडौंको दशरथ रंगशालामा एक लाख भन्दा बढी संस्थापक सदस्यहरुले सहभागितामूलक विधिबाट पार्टी सदस्यको सामुहिक सपथ गर्दै यो पार्टी स्थापना भएको घोषणा गरेका थिए । नयाँ शक्ति, नेपाल मूलतः स्वाधिनता, संमृद्धि, सुशासन, समानुपातिक, समावेशी, सहभागितामूलक, लोकतन्त्र र समुन्नत समाजवादको सिद्धान्तमा आधारित अग्रपन्थी दल हो । यसले आजसम्मका सबै राजनीतिक दर्शन र सिद्धान्तलाई पुनसंश्लेषण गर्दै वैकल्पिक राजनीतिको माग अबलम्बन गर्ने संकल्प गरेको छ । एक्काइसौ शताब्दिका चासो, चिन्ता, सरोकार र समस्याहरुको समेत समाधान दिने उद्देश्य यो दलले राखेको छ । यो दलको विचार यात्रा समस्याका चित्रण नभएर समाधानको उपाय हो ।
नयाँ शक्ति नेपाल थप एक राजनीतिक दल मात्र हैन, यो थप एक विचार, थप एक दृष्टिकोण र थप एक अभ्यासको शुत्रधार हो । यो राजनीतिको वैकल्पिक यात्रा, वैकल्पिक विचार भन्नाले हामी आज जे जस्ता राजनीतिक विकल्प, विचार र व्यवहारमा छौं, यी नै सर्वोत्कृष्ट र विकल्पहिन विकल्प हैनन् । सबै मिलेर अझ राम्रो विकल्प निर्माण गर्न सकिन्छ । त्यसतर्फ हाम्रो विकल्प हाम्रो नजिक छ भन्ने मान्यतालाई बुझाउँछ ।
संविधान सभाबाट नेपालको संविधान, २०७२ जारी भएसँगै लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, सामाजिक न्याय, समावेशिता, समानुपातिकता र समाजवाद उन्मुख जस्ता राजनीतिक सिद्धान्त स्थापित भएका छन् । यी राजनीतिक सिद्धान्तको संवैधानिक स्थापनाले लोकतन्त्रकालागि संघर्ष गर्नु नै राजनीतिको प्रमुख मुद्दा हुने युगको आधारभूत रुपमा अन्त्य गरिदिएको छ । मैले संविधानमा रहेका प्रदेशहरुको सिमांकन शासकीय प्रणाली आदि सम्बन्धी कमजोरी र अपूर्णताहरुलाई संविधान संशोधन गर्दै जानुपर्नेछ ।
आधुनिक नेपालको इतिहासमा यस अघि एक कारणको युग थियो । राजनीतिको प्रमुख मुद्दा देशको सिमाना विस्तार र प्रतिरक्षा गर्नु थियो । सुगौली सन्धीसँगै त्यो युगको अन्त्य भयो । त्यसपछि निरंकुश, जहानियाँ शासनविरुद्ध संघर्षको युग शुरुवात भयो । यस युगलाई हामीले लोकतान्त्रिकरणको युग भन्यौं । नयाँ संविधानसँगै त्यो युग पनि अन्त्य भएको छ । अब देशलाई विकास, सुशासन, समृद्धि र मानवीय खुशीतिर लैजानुपर्ने दायित्व प्रमुख भएको छ । यसलाई संमृद्धिकरणको युग भन्न सकिन्छ ।
एकिकरण युगको नेतृत्व शाहवंशीय राजाहरु विशेषतः पृथ्वीनारायण शाहले गरे । लोकतान्त्रिकरण युगको नेतृत्व प्रजापरिषद, नेपाली काँग्रेस, नेपाल कम्यूनिष्ट पार्टी लगायत विभिन्न परम्परागत पार्टीहरुले गरे । तर, यी पार्टीहरुले विकास सुशासन र समृद्धिको अपेक्षालाई भने पुरा गर्न सकेनन् । तसर्थ समृद्धिकरणको युगको नेतृत्व गर्न नयाँ शक्तिको आव्हान गरिएको हो । विकास, सुशासन, समृद्धि, स्वाधीनता र समानुपातिक, समावेशी, सहभागितामूलक लोकतन्त्र पक्षधरहरु पुनश्चः एक परक ध्रुवीकरण हुन आवश्यक छ ।
नयाँ शक्ति, नेपालले अग्रपन्थ वैचारिक आधारको कुरा गरेको छ । यो नेपाली राजनीतिमा नयाँ संश्लेषण हो । नेपाली राजनीतिमा कित आफुलाई वामपन्थी भन्न रुचाउनेहरु छन् कि त लोकतान्त्रिक (म्झयअचबत) भन्न रुचाउनेहरु छन् । वामपन्थीहरुले विधि र प्रकृयालाई खासै महत्व नदिएको, क्रान्तिकारी, एजेण्डामा जोड दिएको पाईन्छ । लोकतन्त्रवादी भन्नेहरुले विधि र परिवर्तनको जीवन्तता भन्दा औपचारिकतामै लोकतन्त्रलाई सिमित गरेको देखिन्छ ।
आजको युगमा यी दुवै दृष्टिकोण एकांकी लाग्दछन् । दार्शनिक औचित्यका आधारमा वामपन्थी र लोकतान्त्रिक फरक–फरक धार हुन सक्दैनन् । वामन्थी र लोकतान्त्रिक एउटा सिक्काका दुई पाटा भए जस्तै शक्ति एउटा अस्तित्वका दुई पाटा हुन् । जो वास्तविक रुपमा वामपन्थी हुन्छ, त्यही नै वास्तविक रुपमा लोकतान्त्रिक पनि हुनसक्छ र हुनुपर्छ । जो वास्तविक रुपमा लोकतान्त्रिक हुन्छ, उसैले वामपन्थीलाई पनि न्याय गर्न सक्दछ । वामपन्थी एजेण्डा त्यसको सारतत्वको विषय हो, लोकतान्त्रिक पद्धति त्यसको अपनत्वको विषय हो ।
वामपन्थी मात्र हुनु देव्रे खुट्टाले मात्र हिडेजस्तो हो । त्यसको अर्थ क्रान्तिकारी एजेण्डा छ भने कुनै विधि पद्धति र प्रकृया विनै हिडे हुन्छ भने जस्तो हो । लोकतान्त्रिक मार्ग हुनु दाहिने खुट्टाले मात्र हिडेजस्तो हो । त्यसको अर्थ विधि, पद्धति र प्रकृया राम्रो छ भने एजेण्डा राम्रो नभए पनि हुन्छ भने जस्तो बन्न पुग्छ ।
नयाँ शक्ति गतिशिल सन्तुलनको सिद्धान्तमा विश्वास गर्दछ । देव्रे र दाहिने दुवै खुट्टाको सन्तुलित चाल मिलाउन सके मात्र यात्रा तय हुन सक्छ । उपलब्धि हासिल हुन सक्छ भन्ने विश्वास गर्दछ । तसर्थ नयाँ शक्ति, नेपाल न वामपन्थी मात्र, न लोकतान्त्रिक मात्र बरु एक साथ बाम लोकतान्त्रिक अर्थात दुवैको गतिशिल चाल मिलाएर अगाडितिर हिड्ने अग्रगामी अग्रपन्थी तथा गतिशिल दल हुनेछ ।
(प्रस्तुत लेखमा उल्लेखित तर्क लेखकको निजी विचार हो ।)

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *