• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
गोबिन्दपुर गाउँ वालविवाह मुक्त घोषणा

अरुण कुमार
राजविराज, १३ पुस । सप्तरीको छिन्नमस्ता गाविसको वडा नम्वर–४ बुधवार जिल्लामै पहिलो बालबिवाह मुक्त वडा घोषणा गरिएको छ ।
जिल्लाको छिन्नमस्ता गाविस वडा नम्वर– ४ गोबिन्दपुरमा एक कार्यक्रमका बिच गाउँ बालबिवाह मुक्त वडा घोषणा गएिको हो । गाउँ विकास समिति छिन्नमस्ताको सहयोग तथा गाउँ बाल संरक्षण समितिको आयोजनामा कार्यक्रम सम्पन्न भएको छ ।
गाविस संचिव सत्यनारायण लाल यादवको प्रमुख अतिथ्य तथा गाउँ बाल संरक्षण समिति छिन्नमस्ताका संयोजक प्रभु नारायण यादवको अध्यक्षतामा कार्यक्र आयोजना गरिएको थियो ।
कार्यक्रममा बिष्टि अतिथि सदभावना पार्टीका केन्दं्रीय सदस्य एवम निवर्तमान अध्यक्ष सत्यनारायण यादव, महिला तथा बालबालिका कार्यालयका नियमित कार्यालय प्रमुख भावना घिमिरे, जिल्ला बाल कल्याण समितिका अधिकृत पुनम चौधरी, सेभ द चिल्ड्रेनका कार्यक्रम संयोजकद्धय उमेश कुमार गुप्ता र इन्द्रबहादुर हायु, सेभ द सप्तरीका कार्यक्रम संयोजक गोपाल प्रसाद चौधरी, फिल्ड अफिसर घुरण यादव र रश्मी केसरी लगायतका उपस्थिति रहेको थियो ।
कार्यक्रम सञ्चालन स्थानिय शिक्षक पवन झाले गरे भने स्वागत मन्तब्य गाउँ बाल संरक्षण समितिका सह–संयोजक राजकुमार ठाकुरले गरे ।