
बृजमान तामाङ, बिरेन्द्र बजार, १ पुस । सरकारी कर्मचारीले पैसा लिएर मात्र योजनाकोे मुल्याड्ढन गरिदिने प्रवृतिले गाउँको बिकासमा बाधा पुगेको एक कार्यक्रमका बक्ताहरुले गुनासो गरेका छन् ।
लोककल्याण नेपालको सहयोगमा गाविस प्रशवनीद्वारा शुक्रबार गाबिस भबनको प्रा·णमा आयोजित सार्बाजनिक सुनवाई कार्यक्रममा बोल्दै बक्ताहरुले उक्त गुनासो गरेका हुन् । गाबिसमा सञ्चालित योजनाहरुको मुल्याड्ढन गर्न आउने इन्जिनियर ओभरसियरले पिसी नदिएसम्म सम्पन्न भएको कामको समेत मुल्याड्ढन नगर्ने गरेको गुनासो गर्दै कार्यक्रमका सहभागिहरुले भने, सरकारी कर्मचारीकै रबैयाले गाउँको बिकासमा अबरोध हुने गरेको छ । योजनाकालागि आएको बजेट फ्रिज हुनुभन्दा पिसी बुझएर भए पनि काम गर्न बाध्य भएका छन् । उपभोक्त समितीहरु पैतीस प्रतिशतसम्म पिसी माग्ने गरेको दाबी गर्दै उनीहरुले गाउँको बिकासको निम्ति पूर्ण रुपले पिसी लिनेदिने कार्य बन्द हुनुपर्नेमा जोड दिए ।
गाबिस सचिब महेश प्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका रामलखन साह, फोरम लोकतान्त्रिकका अशोक कुमार सिंह, शंकर चौधरी, आदिवासी जनजाती महासंघका उचित नारायण चौधरी, ओबिसीका तेजनारायण यादब, नेकपा संयुक्तका भुनु मण्डल, नागारिक सचेना केन्द्रका हंसादेबी यादब, नागारिक वडा मञ्चका ध्रुव नारायण चौधरी, ध्रुव प्रसाद सिंहलगायतकाले बोलेका थिए । गाबिस स्तरका राजनैतिक दलका प्रतिनिधी, विभिन्न संघ–संस्थाका पदाधिकारी, नागारिक वडा मञ्च, सचेतना केन्द्र उपभोक्ता तथा अनुगमन समितिका संयोजक प्रतिनिधी, स्थानीय बुद्धिजिवीहरुको सहभागिता रहेको कार्यक्रमको सहजीकरण एलजिएएफ सप्तरीका कार्यक्रम संयोजक मनोज कुमार गौतमले गरेका थिए ।



