• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

जिवन शैली

यी खानेकुरा बढी खाँदा घट्छ स्मरण शक्ति

यी खानेकुरा बढी खाँदा घट्छ स्मरण शक्ति

चिनि :  स्वास्थ्यको सबालमा चिनी जहिले पनि बेफाइदाजनक मानिन्छ । तोकिएको भन्दा बढी चिनि खादा दिमागमा अशर गर्ने पछिल्लो एक अध्ययनले देखाएको छ । चिनी बढी खाँदा समरणशक्ति हराउछ, सिक्ने क्षमता गुम्छ र श्रवणशक्तिमा समेत ह्रास आउँछ ।

बढी चिल्लोः बढी चिल्लो खानेकुरा खाने महिलाहरुको श्रवणशक्ति  र स्मरणशक्ति हराउने एउटा नयाँ अध्ययनले देखाएको छ ।

चुइङगमःचुइङगमले पनि श्रवणशक्ति हराउने विभिन्न अध्ययनले देखाएको छ । चुइङगमले सबैभन्दा बढी स्मरणशक्तिमा हस ल्याउने अनुसन्धानकर्ताको भनाई छ

कार्बोहाईड्रेडयुक्त खानाको अभावले पनि दिमागको क्षमता, ऊर्जा र मुड परिवर्तन गरिदिन्छ । कार्बोहाईड्रेडयुक्त खानको सोझै सम्बन्ध स्मरणशक्ति र श्रवणशक्तिमा हुने भएकोले यस्तो खानाको अभावमा श्रवणशक्ति गुम्छ ।

नुनिलोः नुनले ह्दयको चाल र रक्तचापलाई असर गर्छ । यसबाहेक नुनले दिमाग र समग्र स्मरणशक्तिलाई असर गर्छन् ।

जंक फुडः जंक फुड कुलत हो । र, यो कुलतले दिमाग र स्मरणशक्ति गुमाउँछ । जंकफुडले डिप्रेसन र एंग्जाईटी समेत गराउँछ । जंक फुडले अल्जाईमर्स रोग लाग्छ ।

फ्राई खानेकुराः कतिपय स्वस्थ खानेकुरा पनि फ्राई गरेर खाँदा अस्वस्थ हुन्छ । जस्तै माछा खानुका स्वास्थ्यमा फाइदा हुन्छ । तर त्यही माछालाई फ्राई गरेर खाँदा स्वास्थ्यमा समस्या निम्त्याउँछ । अन्य खानेकुरा र मासु पनि फ्राई गर्दा दिमाग कमजोर र श्रवणशक्ति हराउँछ ।