अदालतको आदेशमा धनुषा प्रहरीको हिरासतबाट स्वराजीहरु रिहा

अदालतको आदेशमा धनुषा प्रहरीको हिरासतबाट स्वराजीहरु रिहा
Bwtech New Add With Software & Bull SMS

जनकपुर, २९ मंसिर । मंसीर २१ मंगलबार जनकपुरमा विवाहपञ्चमीको मेला पश्चात नगरमा रहेको फोहरमैला सरसफाई गर्ने पक्राउ परेका स्वतन्त्र मधेश गठबन्धनका १७ जना बन्दी बुधवार रिहा भएका छन् ।
जनकपुर उच्च अदालतको आदेशमा धनुषा प्रहरीले उनीहरुलाई रिहा गरेको हो । मंसीर २३ गते बिहीबार बन्दीहरुको तर्फबाट जनकपुर उच्च अदालतमा दायर गरिएको बन्दीप्रत्यक्षीकरणको मुद्दामा बुधबारै अदालतले कैदीहरुलाई रिहा गर्ने फैसला सुनाएको थियो । जनकपुरमा विवाहपञ्चमीको मेला पश्चात नगरमा रहेको फोहरमैला सरसफाई गर्ने क्रममा स्वराजीहरुलाई विना कारण पक्राऊ गरी हिरासतमा राखेकोमा धनुषाको सिडिओ दिलीप चापागाईं र एसपी लालमणी आचार्यको स्थानीय जनता, व्यापारी, नागरिक समाज, पत्रकार र मानवअधिकारकर्मीलगायत चौतर्फी भत्र्सना गरिएको थियो । हङकङ स्थित एशियन ह्युमन राइट्स कमिशनले समेत सो विषयमा आफ्नो रिपोर्ट जारी गरी पक्राउको विरोध गरेको थियो ।
सामाजिक कार्य गर्दा समेत पक्राउ गरेको विरोधमा गत विहीवारदेखि नै सञ्जय कुमार यादव र उपेन्द्र रोहिताको अनशनमा बसेका थिए, भने मंसिर २६ गते आइतबारदेखि मुबारक हुसैन, अभिमन्यु महतो र फुलचन मुखिया गरी थप ३ जना पनि प्रहरी हिरासतमै अनशनमा बसेका थिए । प्रहरी हिरासतबाट मुक्त भएपछि डा. सी. के. राउतको हातबाट जुस खाएर उनीहरुले अनशन स्थगित गरेका छन् ।
मेला पश्चात् नगरमा रहेको फोहरमैला सरसफाई गर्दा रामशंकर महासेठ, सञ्जय स्वराजी, रामप्रताप मण्डल, अभिमन्यु कुमार महतो, मोबारक हुसेन, विश्वनाथ चौधरी, विरेन्द्र कुमार मण्डल, उमाकान्त यादव, धिरज कुमार यादव, विष्णु स्वराजी, फुलचन कुमार मुखिया, शिव कुमार रोहिता, लक्ष्मी नारायण यादव, जितेन्द्र सिंह, रोशन कुमार यादव, मनोज स्वराजी र विवेक कर्णलाई धनुषा प्रहरीले गिरफ्तार गरेको थियो ।
मंसीर १९ गते आइतबार विवाहपञ्चमी मेलाको दिन जनकपुरको रामानन्द चौकमा मेलामा आएका भक्तजनहरुलाई पानी पिलाउनका लागि स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ताहरुले स्टल राखेका थिए । सो क्रममा बेलुकातिर सिडिओको प्रत्यक्ष निर्देशनमा स्टललाई प्रहरीले तोडफोड गरी, पानी समेत फालेर, त्यहाँ सेवा प्रदान गरिरहेका स्वराजीहरुमाथि गालीगलौज समेत गरेका थिए ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *